पर्यटन समृद्धितिर लम्किँदै कर्णाली

२७ कार्तिक २०७६, बुधबार ०८:३९

सुर्खेत – पर्यटन सम्भावना बोकेको कर्णाली समृद्धितिर लम्किँदै छ । प्राकृतिक सम्पदाको धनि मानिएको कर्णालीमा अचेल पर्यटन समृद्धिको आशा पलाएको छ । विगतमा रोग, भोक, गरिवी, अशिक्षा र अभावको उदाहरण बनाइएको कर्णाली अचेल फेरिएको छ । संघिय सरकारले स्न २०२० लाई केन्द्रित गरेर पर्यटन भ्रमण वर्ष घोषणा गरेपछि कर्णालीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कर्णालीमा रहेका सयौ पर्यटकिय क्षेत्रको पहिचान र पवद्र्धन गर्नका लागि प्रदेश सरकारले पनि पर्यटन विकासका गतिविधि अगाडी सारेको छ ।

कर्णालीका पर्यटकिय क्षेत्रमा पर्यटक आगमन बढ्दो अवस्था रहेको प्रदेश सरकारले जनाएको छ । मुगुको रारा तालले गर्दा विगतको तुलनामा पर्यटकको संख्यामा वृद्धि भएको हो । नेपाल सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भि¥याउने लक्ष्य राखेसंगै कर्णालीमा पनि पर्यटकको संख्या वढ्दो छ । तर, त्यो हासिल गर्न जुन रफ्तारमा लाग्नुपर्ने हो, त्यसमा ढिलाइ भइरहेको विज्ञहरूले औंल्याएका छन् । भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णालीका सवै सरोकारवाला जाग्नु पर्ने कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । कर्णालीका १० वटै जिल्लाका जनप्रतिनिधि र पर्यटन व्यवसायी उद्योगीलाई कर्णालीको पहिचान दिने शुभ अवसरका रुपमा भ्रमण वर्षलाई ग्रहण गर्न मन्त्री बुढाले आग्रह गरेका छन् । कर्णालीको पर्यटन विकासलाइ अगाडी वढाउन र भ्रमण वर्षलाई सफल पार्न संचार माध्यामलले प्रचारप्रसार गरेर सहयोग गर्नुपर्ने मन्त्री बुढाले बताए । कर्णाली प्रदेश सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज ल्याउनु पर्ने कर्णालीवासीले बताएका छन् ।

कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी भएकाले यसको व्यापक प्रचार प्रसार गर्न जरुरी छ । नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो पनि कर्णाली । आर्थिक समृिद्ध र पर्यटन हव बनाउन सजिलो विकल्प भनेको पर्यटन नै हो । कर्णाली प्रदेश सरकारले गएको २०७५ साललाई ‘रारा(कर्णाली पर्यटन वर्ष २०७५’ मनाएको थियो । जसको सुरुवात २०७५ साल वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै उद्घाटन गरेका थिए । गत वर्ष ५ लाख पर्यटक कर्णाली प्रदेशमा भि¥याउने लक्ष्यरहेको थियो । तर, लक्ष्य अनुसार पर्यटक आवागमन भएको प्रदेश सरकारले दावी गरेको छ । नेपालकै सबैभन्दा ठूलो ताल राराजस्ता मनोरम प्राकृतिक स्थलहरूले कर्णाली भरिभराउ हुने गर्दछ । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश नै हो । त्यस्तै कालकोटको पचाल झरना ३८१ मिटर लामो देशको ठुलो झरना रहेको छ । जसले पर्यटकको आकर्षण बढाएको छ । तर, धेरैलाई कर्णाली विकट र सुविधाविहिन स्थान हो भन्ने भान छ भने भू–प्राकृतिक र भू–सांस्कृतिक हिसाबले यसले पर्यटकलाई पार्न सक्ने मनमोहकता र अक्षत (भर्जिन) अवस्थाको गन्तव्य हो भन्ने कुराको जानकारी धेरैसमक्ष पुग्न सकेको छैन । नेपालकै आर्कषक पर्यटकीय गन्तव्य हो( कर्णाली प्रदेश । तर, यहाँका पर्यटकीय गन्तव्यका लागि एकातिर आवश्यक पूर्वाधार तथा सेवासुविधालाई पर्यटकमैत्री बनाउने गरी प्रवद्र्धन गर्न सकिएको छैन । पर्यटकीय प्रवद्र्धनका लागि हुनुपर्ने प्रादेशिक, राष्टिूय तथा अन्तराष्टिूय प्रचारप्रसारको कमी छ ।

कर्णाली प्रदेशको प्रचुर सम्पदाले नेपालको समग्र समृद्धिलाई टेवा दिन सक्ने भए पनि यसको समुुचित उपयोग हुन सकेको छैन । कर्णाली प्रदेशमा मुगुको रारा ताल, रारा राष्टिूय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल छन् । अहिले कर्णाली प्रदेशमा हजारौँ पर्यटक पुग्ने गरेका छन् । पर्यटकमैत्री यात्रा र बसोबासका लागि प्रदेश सरकारले ठोस कार्यक्रमसहित उचित प्रबन्ध मिलाउन क्रियाशील रहेको छ । यस अभियानअन्तर्गत, यातायात, होटल व्यवसाय, पथप्रर्दन सेवा, अतिथि सत्कार, पदयात्रा, साहसिक यात्रा, होमस्टेसम्बन्धी स्थानीयलाई प्रोत्साहित गर्नेजस्ता कार्यहरू समेटिने समेत प्रदेश सरकारले जनाएको छ । सँगसँगै सांस्कृतिक अध्ययन र ऐतिहासिक तथा पुरातात्विक अध्ययन अनुसन्धानका लागि समेत कर्णाली प्रदेशलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । कर्णाली प्रदेश सरकार यस प्रदेशमा कृषि पर्यटन, जडीबुटीकेन्द्रित पर्यटन, संस्कृति केन्द्रित पर्यटनजस्ता बहुविधागत कार्यमूलक पर्यटनको गन्तव्यस्थलका रूपमा पनि यस प्रदेशको प्रवद्र्धन गर्ने लक्ष्य लिनुपर्ने विज्ञहरु बताउँछन् ।

४० पर्यटकीय गन्तव्य

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका ४० वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरिसकेको छ । रारा पर्यटन वर्ष घोषणा पछि कर्णालीमा बढ्दै गएको पर्यटन चहलपहललाई मध्य नजर गर्दै थप ४० नयाँ पर्यटकि गन्तव्य सार्वजानिक गरिएको हो । कर्णालीका १० वटै जिल्लामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थललाई प्रथामिकता दिदै दशै जिल्लाका पर्यटकिय सम्भावना समेटीने गरी पर्यटकिय गन्तव्य घोषणा गरिएको हो । जसमा सुर्खेतका पर्यटकिय गन्तव्यमा काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर रहेका छन् । दैलेखमा दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट रहेका छन् । त्यस्तै जाजरकोटमा भेरी नदि, नादाइ गढ, कुशे ठाकुर जीका गढ रहेका छन् ।

त्यस्तै जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ, गुठीचौर पाटन, पातारासी हिमाल र खष राज्यको सिंजा भ्याली ४० गन्तव्य भित्र परेका छन् । भने कालिकोटमा पचालझरना, चुलीमालिका, कोट दरबार र पञ्चा दरबार पर्यटकिए गन्तव्यको रूपमा रहेका छन् । हुम्लामा लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह र खार्पुनाथ सिमीकोट रहेका परेका छन् । मुगुमा रारा क्षेत्र, छायानाथ,सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र र खैराबाङ मन्दिर रहेका छन् । पर्यटकिय गन्तव्यमा रुकुम पश्चिममा सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर र डोल्पामा अप्पर डोल्पा, से फोक्सुण्डो, गुम्बा,भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटिएको छ । संघिय सरकारले घोषणा गरेका सय गन्तव्य भित्र नसमेटिका कर्णालीका पर्यटकिय स्थलहरूलाई प्रथामिकताका साथ ४० गन्तव्यको सुचिमा पारिएको मन्त्रालयले जनाएको छ । कर्णालीमा पर्यटकको आकर्षण बढाउनका तथा पर्यटन प्रर्वद्धनका लागि प्रादेशिक पर्यटन प्रर्वद्धन समिति समेत गठन गरिसकिएको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए ।

Next Post

कृषकलाई धानवाली भित्र्याउने चटारो

२७ कार्तिक २०७६, बुधबार ०८:३९
सुर्खेत – कार्तिक महिना सुरु भएपछि कर्णालीमा कृषकलाई धानवाली भित्र्याउने चटारो छ । दसैं तथा तिहार सकिए लगत्तै कर्णालीका कृषक धान भित्र्याउन थालेका हुन् । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोटलगायतका दश वटै जिल्लामा धानवाली भित्र्याउने चटारो सुरु भएको हो । कार्तिक लागेपछि किसानलाई धान भित्र्याउन भ्याइ(नभ्याइ भएको छ । कर्णालीका […]