शुभकालिका उपाध्यक्षले लगाईन लेखा शाखामा ताला

स्थानीय तहमा बेथिती

मिसन न्यूज २५ असार २०८०, सोमबार १९:२४

कालीकोट– जिल्लाको शुभकालीका गाउँपालिकाको लेखा शाखामा ताला लागेको छ । आर्थिक मसान्त सकिनै लाग्दा अन्तिम भुत्तानी दिने समयमा लेखा शाखामा ताला लागेका हो ।

शुभकालीका गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक धर्मकला शाहीले गाउँपालिकाका लेखापाल नन्दबहादुर शाहीले दिएको भुक्तानीको स्रेस्ता हेर्न नदिएपछि आफुले ताला लगाउन बाध्य भएको बताईन् ।

उनले भनिन्, ‘म अनुगमन समितिको संयोजक मात्र होइन लेखा समितिको पनि संयोजक हो मलाई स्रेस्ता हेर्न नदिएपछि मैले ताला लगाए ।’ लेखाले गाउँपालिका उपाध्यक्षलाई स्रेस्ता देखाउन आग्रह गरेपछि आफुलाई स्रेस्ता हेर्ने अधिकार छैन भनेपछि आफुले तालाबन्दी गर्न बाध्य भएको उपाध्यक्ष शाहीको भनाई छ ।

यता लेखापाल नन्दबहादुर शाहीलाई यहि विषयमा बुझ्न पटक–पटक फोन गर्दा रिसिभ गरेनन् ।

Next Post

प्रकाशकीयः हाम्रो मिसन आठौं वर्षमा

२५ असार २०८०, सोमबार १९:२४
मिसन न्यूज साप्ताहिक पत्रिकाले समृद्धिका लागि यात्रा थालनी गरेको आठ वर्षमा प्रवेश गरेको छ । कर्णालीमा आमसञ्चारका माध्यमको महत्व झनै बढेर गइरहेको बेला मिसन न्युजको पनि यात्रा रोकिएको छैन । २०७३ साउनबाट प्रकाशन सुरुआत गरेको पत्रिका निरन्तर प्रकाशन भर्ईरहेको छ । बेस्ट कर्णाली मिडिया प्रालिद्धारा प्रकाशित मिसन न्युज साप्ताहिक, मिसन […]