मिसन ग्रासरुट

खिचडी सरकारले कानमा तेल हालेर बसेकाे छ : एमाले नेता शाही

मिसन न्यूज २९ फाल्गुन २०७९, सोमबार १८:११

जुम्ला – नेकपा (एमाले) का केन्द्रीय सदस्य नगिन्द्र शाही (नेस्नल) ले वर्तमान सरकारले जनताको आवश्यक मुद्दामा गम्भीरतापूर्वक नभई कानमा तेल हालेर बसेकाे आराेप लगाए ।

मिसन ग्रासरूट तथा पार्टी सुदृढीकरण अभियान अन्तर्गत जुम्लाको पातारासी गाउँपालिका- ४ काे प्रशिक्षण कार्यक्रममा नेता शाहीले साे कुरा बताएका हुन ।

नेता शाहीले भने “एमाले बलियो हुनु नै देश बलियो हुने कुरा हो । अहिले देश र जनताकाे मुद्दा कमजोर हुँदै गइरहेका छन ।

खिचडी सरकार कानमा तेल हालेर निदाइ रहेको छ ।” उक्त कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य जयबहादुर खत्रि, हंस रोकाया लगायतका नेताहरूले प्रशिक्षण र अभियानका वारेमा प्रष्ट पारेका थिए ।

पुन्न ऐडी अध्यक्ष, उपाध्यक्ष रामबहादुर बुढा,सचिब रतन बुढालगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएकाे जनाईएकाे छ ।

नवनिर्वाचित कमिटीका पदाधिकारीलाई सपथ र प्रशिक्षण सहित कार्यक्रम सम्पन्न भएको बताईएकाे छ ।

Next Post

विश्वासको मत दिएको नौ दिनमै कर्णालीबाट बाहिरियो एमाले

२९ फाल्गुन २०७९, सोमबार १८:११
सुर्खेत – विश्वासको मत दिएको नौ दिनमै नेकपा एमाले सरकारबाट बाहिरएको छ । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई सामूहिक राजीनामा दिएर सरकारबाट एमाले बाहिरएको हो । एमाले बाहिरिएपछि अब कांग्रेसलाई सरकारमा जान ढोका खुला भएको छ । मुख्यमन्त्री शर्मासामु नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार […]