एमालेद्धारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मिसन न्यूज २७ चैत्र २०७९, सोमबार १४:५८

सुर्खेत – नेकपा एमालले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालयलाई आधिकारिक पत्रचार गरि सोमवार समर्थन फिर्ता लिएको हो । नेकपा एमाले संसदिय दलका नेता यामलाल कंडेलद्धारा हस्ताक्षरित पत्रमा समर्थन फिता लिएको उल्लेख गरिएको छ । विश्वासको मत दिएको नौ दिनमै नेकपा एमाले सरकारबाट आईतवार बाहिरएको थियो । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई सामूहिक राजीनामा दिएर सरकारबाट एमाले बाहिरएको थियो ।

एमाले बाहिरिएपछि अब नेकपा माओवादी केन्द्रबाट निवार्चित मुख्यमन्त्री शर्मालाई पुनः विश्वासको मत आवश्यक परेको छ । सरकारमा नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले राजीनामा दिइसकेका छन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरणअनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । चैत १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।नेकपा माओवादी र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने नहुन कुनै निश्चित भएको छैन ।

गत १७ चैतमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो भने खुलेको छ ।

केहिदिन अघि माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा र कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीबीच भेट भएको थियो । भेटमा शर्माले कांग्रेसलाई सरकारमा सामेल हुन आग्रह गरेका थिए । त्यसको जवाफमा नेता शाहीले कर्णालीमा प्रचण्डले संघ र प्रदेशको चुनावको बेला आपूmलाई पहिलो कार्यकालमा मुख्यमन्त्री हुनुपर्ने वचन दिएको र त्यो पालना हुनुपर्ने जफाव दिएको कांग्रे स्रोतले जनाएको छ ।

नेकपा एमालेका कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेलले पुरानै सहमतिअनुसार माओवादी नेतृत्वको सरकालाई विश्वासको मत दिने निर्णय गरेका थिए ।

Next Post

कर्णालीमा मन्त्री बन्ने होडबाजी जारी, नवनियुक्त मन्त्रीले शपथ लिए

२७ चैत्र २०७९, सोमबार १४:५८
सुर्खेत – कर्णाली प्रदेशमा सरकार बनाउने र फाल्ने होडबाजी चलिरहेको छ । सरकार बनाउने र मन्त्री बन्ने दरो प्रतिस्पर्धाको होडबाजी चलेको हो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सरकार बनेको तिन महिनापछि पुनः सरकार फेरिएको छ । सरकारको अस्थिरताले कर्णालीमा विकास हुन सकेको छैन । प्रदेश सरकारले कर्णाली उपब्धिमुलक […]