कृषकलाई धानवाली भित्र्याउने चटारो

२७ कार्तिक २०७६, बुधबार ०८:५६

सुर्खेत – कार्तिक महिना सुरु भएपछि कर्णालीमा कृषकलाई धानवाली भित्र्याउने चटारो छ । दसैं तथा तिहार सकिए लगत्तै कर्णालीका कृषक धान भित्र्याउन थालेका हुन् । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोटलगायतका दश वटै जिल्लामा धानवाली भित्र्याउने चटारो सुरु भएको हो । कार्तिक लागेपछि किसानलाई धान भित्र्याउन भ्याइ(नभ्याइ भएको छ ।

कर्णालीका हिमाली तथा पहाडी जिल्ला र प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतमा किसानलाइ अचेल धमाधम धान भित्र्याउने चटारो छ । मौसम अनुसार, जेठ असारमा धान रोप्ने भएकाले मध्य असोज तथा कार्तिकमा धान किसानले भित्र्याउन थालेको हाे । धान उत्पादनमा मौसमले पनि साथ दिएपछि धान उत्पादनमा राम्रो भएको अगुवा कृषकले बताएका छन् । विगतको तुलनामा सानोतिनो रोग लागे पनि यसपाली धानी उत्पादनमा राम्रो भएको किसानले बताएका छन् । धान पाकेपछि आजभोली भने, किसान रातदिन नभनेर धान भित्र्याउन थालेका छन् । गत वर्षभन्दा यसपाली राम जातको धान राम्रो फलेको विरेन्द्रनगर नगरपालिका, २ का कृषक कालीवहादुर बुढाले बताए । मध्य असोज देखि कार्तिक अन्तिमसम्म कृषक भोक, निद्रा र थकान नभनेर बाली भित्र्याउने काममा व्यस्त छन् । असाजको अन्तिम सातादेखि कर्णालीका कृषकलाई धान काट्ने र सुकाउँदै घरको भकारीमा भित्र्याउने गरेका छन् ।

सुर्खेत मात्र नभइ यसपाली कर्णालीका अधिकांस जिल्लामा धानबाली सन्तोश जनक उत्पादन भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कृषि विकास निर्देशनालयले किसानलार्य प्रोत्साहन गर्ने कार्यक्रम पनि संचालन गरेको छ । सुर्खेतलगायतका जिल्लामा यो कार्यक्रम संचालन गरिएको निर्देशनालयले जनाएको छ । गत वर्षको तुलनामा कुनै ठाउँमा राम्रो र कुनै ठाउँमा धान तथा मकै बालीमा रोग लागेको कृषि विकास निर्देशनालयका बागबानी अधिकृत तथा सुचना अधिकारी भक्तिराम शर्माले बताए । उनले धानवाली र मकैका लागि मनसुनको अवस्था राम्रो रहेकाले उत्पादनको तथ्याङ्क आधिकारीक भइरको भए पनि गत वर्षभन्दा अनुमानित राम्रो भएको बताए ।

सुर्खेतको अधिकांश खेतमा परम्परागत विधिबाट रैथाने जातका धान खेती लगमउने गरिएको छ । यस बर्षमा मनसुन ठीक भएर धानवाली रोम्रो देखिएको कृषि विज्ञले बताएका छन् । सबै जिल्लावाट तथ्यांक आउन उत्पादन भएको धानको परिमाण भने खुल्न बाँकी छ । कर्णाली प्रदेशमा गत बर्ष ३८ हजार ५ सय २७ हेक्टर जमिनमा धानखेति भएको थियो । त्यसवाट १ लाख ३३ हजार ५ सय ७९ टन धान उत्पादन भएको थियो ।

Next Post

पर्यटन समृद्धिमा जागौँ

२७ कार्तिक २०७६, बुधबार ०८:५६
पर्यटकीय दृष्टिकोणले कर्णाली धेरै सम्भावना बोकेको क्षेत्र हो । प्राकृतिक रुपमा भएका स्रोत साधानहरु र प्राचिन सम्पदालाई मात्रै प्रयोग प्रचार–प्रसार र प्रबद्र्धन गर्न सके कर्णालीको पर्यटनले कुल ग्राहस्थ उत्पादनको केहि हिस्सा ओगट्न सक्ने क्षमता राखेको छ । जैविक विविधता, प्रकृतिका अनुपम उपहार हिमश्रृंखला, नदीनाला,झरना र तालतलाउका साथै कर्णालीमा पाईने जमिन […]