चिसोले कर्णालीको जनजीवन प्रभावित

३ माघ २०७३, सोमबार ११:४४

कालिकोट- कर्णालीमा दुई दिन अघि परेको हिमपातले गर्दा जनजीवन प्रभावित बन्दै गएको छ। तुसारो असिना पानी र चिसोको सिरेटोले गर्दा स्थानीवासीलाई समस्या उत्पन्न भएको हो। बदलिदो मौसम संगै एकाएक चिसो बढेपछि कालिकोटमा आगो ताप्त दाउराको माग बढेको छ। मौसमको बदलिसंगै कालिकोट लगायत कर्णालीका हिमाली तथा पहाडी भेगमा हिँउ पर्न थालेपछि न्यानो गर्न दाउराको माग बढेको हो। जिल्लामा खाना पकाउने ग्यासको बढ्दो बजार र बनजंगलमा प्रयाप्त दाउराको अभावका कारण प्राय होटलहरुमा मात्र दाउराको माग बढ्ने गरेको छ।

सदरमुकाम मान्ममा चिसो ह्वात्तै बढेपछि आगो ताप्न तथा घरको कोठा समेत न्यानो गराउन दाउराको माग बढेको छ। चिसोमा आगो ताप्न जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु समेत दाउरा खरिद गरी आगो ताप्न बाध्य भएकाछन्। जिल्ला सदरमुकाम मान्ममा विद्युतको पहुँच भएपनि अप्रयाप्त विद्युत पावर तथा जिल्लामा हिटर आपूर्तिको अभावका कारणले पनि आगो ताप्त दाउराको माग बढेको स्थानीय विमल शाहीले बताए।

बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोग लाग्ने संभावना रहेको स्वास्थ्यकर्मी बताउछन्। चिसोबाट बच्न न्यानो कपडा सहित तातोमा रहन जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ। हिमपातले कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाका हिमालहरु सेताम्य भएका छन्।

कालिकोटका उपयाँडाडाँ,चुली,त्रिवेणी,बालुवा पाटनलगायतका अग्ला पहाडहरुमा हिउँले सेताम्य छन्। हिमपातले कालिकोटका लेकाली क्षेत्रमा रहेका गाउँमा चिसोले सताएको स्थानीयले बताएका छन्। आकासमा कालो बादल लागेका कारण गाउँमा सोलारबाट सञ्चालित सञ्चार माध्यम बन्द हुने अवस्थामा छन्।

Next Post

पुर्नवाहालीको माग गर्दै सुशील ज्ञवाली सर्वोच्चमा

३ माघ २०७३, सोमबार ११:४४
काठमाडौं- सरकारद्वारा हटाइएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्ववत् अवस्थामा काम गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ज्ञवालीले आफूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको रिटमा उल्लेख गर्दै अन्तरिम आदेश माग गरेका छन्। सरकारले ज्ञवालीलाई प्राधिकरणको सिइओबाट […]