सुर्खेत – भूकम्पबाट प्रभाबित रहेको जाजरकोट नलगाड नगरपालिकाका पूर्व कर्मचारीले राहत संकलन गरेका छन् । नगरपालिकामा काम गरेका पूर्व कर्मचारीको सामुहिक समन्वय, सहयोग र अग्रसरतामा दुई लाख ८५ हजार ७११ रुपैयाँ राहत संकलन गरेका हुन् ।
संकलिल राहतमध्ये अन्यबाट एक लाख ७८ हजार ५३४ रुपैयाँ र नगरपालिका पूर्व कर्मचारीहरुबाट एक लाख ७ हजार १७७ संकलन भएको नगरपालिकाका पूर्व कर्मचारी महेशकुमार विष्टले जानकारी दिए ।
‘संकलित रकमबाट ४० थान त्रिपाल, ३० थान कम्बल (ब्लांकेट), २० बोरा चामल (२५ के जी) र २ बोरा दाल (३० के जी) नलगाड नगरपालिकामा हस्तान्तरण गरेको छौं ।’ उनले भने,‘बचत रहेको एक लाख ६२ हजार १११।– नगद रकम समेत नगरप्रमुखमार्फत नलगाड नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा हस्तान्तरण गरिएको छ ।’