सुर्खेत । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा नयाँ र पुरानो संक्रमति गरी २३ जना पुगेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा पीसीआर गर्दा थप १२ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिकावडा नम्वर १ का १ जनापुरुष, वडा नम्बर २ का ४ पुरुष र १ महिला संक्रमितभएका छन् । त्यस्तै वडा नम्बर ३ र ६ का एक–एक पुरुषगरि वीरेन्द्रनगरमा मात्र ८ जना कोरोना पोजेटिभ देखिएका छन् । त्यस्तै सुर्खेत भेरीगंगा वडा नम्बर ८ का २ जनापुरुष र सीम्तागाउँपालिका वडा नम्बर ४ का २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको कर्णालीप्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् । संक्रमित सबै भारतबाट आएकाहुन् ।
हिजो मात्र दैलेख गुराँस गाउँपालिकाका २४ र ३५ वर्षिय दुवै जनापुरुष कोरोना पोजेटिभ देखिएकाथिए । दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ दैलेखका २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु पनिसबै भारतबाट आएका हुन् ।
दैलेखमा संक्रमण पुष्टि भएका ५ जनालाई आइतबार नै सदरमुकामको सरस्वतीमा वितर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका– १ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए । कोरोना संक्रमित २३जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।