मिसन ग्रासरुट

एमाले नेपाली जनताको अक्सिजन हाे : एमाले नेता रावल

मिसन न्यूज २९ फाल्गुन २०७९, सोमबार १६:१२

कालिकोट – नेकपा (एमाले) का केन्द्रीय सदस्य दलबहादुर रावलले नेकपा (एमाले) नेपाली जनताको अक्सिजन जस्तै भएको बताए ।

मिसन ग्रासरुट अभियानको सिलसिलामा कालिकोट खटिएका नेता रावलले साे कुरा बताएका हुन । कालिकोटकाे पचालझरना गाउँपालिकाकाे बाॅझकोटको भेलामा रावलले मिसन ग्रासरुट अभियानमा एमाले नेता कार्यकर्ता जाग्नुपर्ने समेत बताए ।

मिसन ग्रासरुट अभियानमा संगठन सुदृढीकरण र कार्ययोजना निर्माण समेत गरिएकाे जनाईएकाे छ ।

प्रशिक्षण कार्यक्रममा नेता रावलले थपे “एमाले नेपाली जनता र राष्ट्रकाे मेरुदण्ड हाे । जनतालाई पर्ने हरेक अफ्ट्यारोमा एमाले चाहिएको छ ।” उक्त कार्यक्रमा नेकपा एमालेका नेता रमेशकुमार शाहीलगायतका नेता सहभागी थिए ।

जनसंगठनहरूको गठन गर्नुका साथै सदस्यता नविकरण र संगठन विस्तार गर्ने क्रमले निरन्तरता पाएकाे छ ।

Next Post

खिचडी सरकारले कानमा तेल हालेर बसेकाे छ : एमाले नेता शाही

२९ फाल्गुन २०७९, सोमबार १६:१२
जुम्ला – नेकपा (एमाले) का केन्द्रीय सदस्य नगिन्द्र शाही (नेस्नल) ले वर्तमान सरकारले जनताको आवश्यक मुद्दामा गम्भीरतापूर्वक नभई कानमा तेल हालेर बसेकाे आराेप लगाए । मिसन ग्रासरूट तथा पार्टी सुदृढीकरण अभियान अन्तर्गत जुम्लाको पातारासी गाउँपालिका- ४ काे प्रशिक्षण कार्यक्रममा नेता शाहीले साे कुरा बताएका हुन । नेता शाहीले भने “एमाले […]