दुई दशकपछि फर्कियाे उत्साह, चुनावी चहलपहल सुरु

१४ फाल्गुन २०७३, शनिबार ०६:३३

कालिकोट — सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि जिल्लामा उत्साह छाएको छ । १९ वर्षसम्म स्थानीय चुनाव नहुँदा निराशमा रहेका स्थानीयवासीमा उत्साह छाएको हो । जिल्ला स्थित राजनीतिक दल,नागरिक समाजलगायतका स्थानीयवासी स्थानीय चुनाव हुने संकेत पाएपछि निकै खुसी छन् । स्थानीय निर्वाचन घोषणासंगै निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेपछि चुनाव हुनेमा स्थानीयले झनै विश्वास गरेका छन् ।

जिल्ला स्थित राजनीतिक दलका नेताले बर्तमान सरकारले चुनाव घोषणा गर्छ या गर्दैन भन्नेमा संका गरेका थिए । तर स्थानीय चुनाव घोषणा भएपछि जिल्लामा चहलपहल सुरु भएको छ । स्थानीय चुनाव घोषणा गरेपछि नेपाली कांग्रेस कालिकोटले लामो समयसम्म जिल्ला कार्य समितिको वैठक बस्यो । जिल्ला अधिवेशन पश्चात कार्य समितिले पुर्णता पाएको थिएनन् । तर सरकारले स्थानीय चुनाव घोषणा गरे लगतै वैठक वसेर पुर्णता पाएको छ । नेपाली कांग्रेसले आफ्नो पार्टीमा निकै चहलपहल ल्याएको छ । त्यस्तै नेकपा एमाले कालिकोटले पनि आफ्ना पार्टीका गतिविधिहरु सुरु गरेको छ ।

गाउँगाउँमा नेता कार्यकर्ताले चुनावी अभियान सुरु गरिसकेका छन् । एमाले अध्यक्ष नगिन्द्र शाही नेशनलले भने, ‘देश अव चुनावमा गएको छ । जिल्लाका सवै गाविस र टोल—टोलमा एमाले पुग्छ । तर देशभर एकसाथ स्थानीय नीकायको चुनाव तोक्दा अलि संका पनि लाग्छ । कतै यो सरकारले चनाव गराउन सक्दैन जस्तो लाग्छ । ’ नेपाली कांग्रेस कालिकोटका सभापती हर्षबहादुर बमले भने, ‘चुनाव पक्का हुने भो । अव जनतामा छाएको निराशबाट बल्ल आशा गरेका छन् । स्थानीय चुनाव नहुँदा वर्षौदेखि विकासको गती सुस्ताएको छ । अव चुनावमा गए केहि परिवर्त आउछ । ’ स्थानीय चुवाव सतप्रतिशत हुने स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले बताए । उनले भने, ‘सरकारले स्थानीय चुनावको घोषणा पश्चात निर्वाचन आयोगलाई पनि चुनाव गर्ने वातावरण सहज भएको छ ।

चुनाव मिति घोषणासंगै निर्वाचन कार्य तालिका वनिसक्दा अव चुनवा हुने नहुने कुरामा संका नगर्दा हुन्छ ।’ जिल्ला स्थित सवै दलका नेता कार्यकर्ता र स्थानीयवासीले चुनावको मिति घोषणा गर्दा उत्साहित देखिन्छन् । जिल्ला निर्वाचन कार्यालयले पनि आफ्ना चुनावी गतिविधी धमाधम आगाड बढाएको छ । केहि दिन अघि नेकपा एमालेले पाँखा गािवसमा भव्य भेला सम्पन्न गरेकाे प्रचार विभाग प्रमखु कमलबहादुर शाहीले बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जितबहादुर शाहीका अनुसार कार्यालयबाट हुने काम भईरहेका छन् । चुनाव पक्का हुने भएको छ ।

Next Post

युवासंघ रुपन्देही अध्यक्षको हत्यामा १२ जना संलग्न

१४ फाल्गुन २०७३, शनिबार ०६:३३
काठमाडौं- युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। मनोज पुन भन्ने मनोज बुढामगरको मुख्य योजनामा उनको हत्या गरिएको रुपन्देही प्रहरीले निष्कर्ष निकालेको छ। २०७३ पुस ४ गते तिवारीको देवदह नगरपालिका-८ मार्गमा गोली हानी हत्या भएको थियो। प्रहरी अनुसन्धानपछि आइतबार सार्वजनिक गरिएको […]