नरहरिनाथमा काष्ठफल तथा फलफूल विकास परियोजना लागू

मिसन न्यूज ३० जेष्ठ २०८०, मंगलवार १२:५३

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकामा काष्ठफल तथा फलफूल विकास आयोजना लागू हुने भएको छ । पहाडी र हिमाली क्षेत्रमा फलफूल बालीको बगैंचा विस्तार गरी काष्ठफल तथा फलफूलको उत्पादन वृद्धि गर्ने उदेश्यले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले कालिकोटको नहररिनाथ गाउँपालिकामा लागू हुने भएको हो ।

काष्ठफल तथा फलफूलको उत्पादनमा वृद्धिसँगै मूल्य श्रृंखला प्रर्बद्धनमार्फत ग्रामिण रोजगारी सृजना गर्दै कृषकहरुको आयस्तर वृद्धि गर्ने लक्ष्य यो आयोजनाको छ ।

कर्णाली प्रदेशका नौ जिल्लाका २० स्थानीय तहमा लागू हुने आयोजनामार्फत बागवानी क्षेत्र व्यवस्थापन तथा नर्सरी क्षमताका लागि संस्थागत क्षमता अभिवृद्धि, आयोजनामा संलग्न कृषकहरुको फलफूल तथा काष्ठफल बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि तथा पहाडी क्षेत्रका बागवानीजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायलाई बताए ।

‘आर्थिक वर्ष २०८६–०८७ सम्म सञ्चालन हुने यो आयोजनामार्फत मुख्यगरी ६ स्कीममा विभिन्न कार्यहरु गरिने छ ।’ उनले भने,‘जसमध्य क्रेडिट ग्यारेन्टी फण्ड स्थापना, कृषक, कृषक समूह तथा कृषि सहकारीहरुलाई आंशिक अनुदान, सहकारी र उद्यमीहरुलाई समपुरक अनुदान, पालिकाहरुको सहलगानीमा मूल्य श्रृंखला पूर्वाधार विकासमा अनुदान र नीजि नर्सरी सुदृढिकरणका लागि अनुदान दिइने छ ।’

सुन्तला, जुनार, कागती, स्याउ, ओखर, किवी, एभोगाडा, पिकानट, मेकाडेमिया नट र कागजी बदामको बगैँचा विकास गरिने निर्देशक रोकालय बताए । ‘यो परियोजना लागूहुँदा बाँझो रहेका पहाडी जमिनमा फलफूल बगैंचा विस्तार गरी कार्बन कारोबारको सम्भावताका लागि आवश्यक अध्यय र अभिलेखीकरण प्रणालीको विकाससमेत गरिनेछ’ उनले भने ।

परियोजनामा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान र विश्व कृषि तथा खाद्य कार्यक्रमको अनुदान सहयोग तथा नेपाल सरकारको सहलगानी रहेको यो परियोजनाले स्थानीयको जीवनस्तरलाई सुधार्ने नरहरिनाथ गाउँपालिका युवा अगुवा मनिष देउवाले जानकारी दिए । ‘यो आयोजनाले नरहरिनाथ गाउँपालिकाको समृद्धिको आधार हो ।’ उनले भने,‘यो परियोजना गाउँपालिकामा आउनुमा धेरै जनाको योगदान रहेको छ ।’

Next Post

नेशनल माइक्रोफाइनान्सद्धारा विमा दाबि बापत रकम हस्तान्तरण

३० जेष्ठ २०८०, मंगलवार १२:५३
कालिकाेट– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. द्वारा सदस्य को श्रीमती लाई बिमा दाबि बापत ६ लाख ९० हजार रूपैयाँ को चेक हस्तान्तरण भएकाे छ । मिति २०७९साल माघ २० गतेका दिन भे १ ह ५९२२ नं.अटो दुर्घटनामा परि खल्लागाड स्थित कर्णाली राजमार्गमा मृत्यु भएका विर्ख बहादुर शाहीकाे विमा दावि […]