कालिकोट– जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ बाट विजय भएका एक वडा सदस्यमो मृत्यु भएको छ । दलित वडा सदस्यमा विजयी सुनामे दर्जीको शनिबार बेलुका आफ्नै घरको ढोकाबाट लडेर मृत्यु भएको शान्नी त्रिवीणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताएका छन् ।
खाना खाएर घरमा शौच जान लागेका बेला खसेर दर्जीको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु भएका दर्जी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा विजयी भएका थिए ।


