निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

२३ आश्विन २०७४, सोमबार १६:५६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् । अहिले अस्पताल क्षेत्र शोकाकुल छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै गौचनमाथि गोली प्रहार भएको थियो । राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

कालिकोटबाट कांग्रेस र एमालेले गर्‍यो उम्मेदवार सिफारिस, अलमलमा माओवादी

२३ आश्विन २०७४, सोमबार १६:५६
रमेश रावल- कालिकोट : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कालिकोटबाट नेपाली कांग्रेसले उम्मेदवारहरुको सिफारिस गरेको छ। कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही, नारायण भट्टराई र हिक्मतबहादुर बिष्टको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभामा समानुपातिकको लागि मुक्तिप्रसाद न्यौपाने, पूर्व सांसद तिलक न्यौपाने, बिष्णुबहादुर शाही, लक्ष्मी शाही, नेत्रबहादुर शाही र हर्ष शाहीको नाम […]