कालिकाेट– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. द्वारा सदस्य को श्रीमती लाई बिमा दाबि बापत ६ लाख ९० हजार रूपैयाँ को चेक हस्तान्तरण भएकाे छ । मिति २०७९साल माघ २० गतेका दिन भे १ ह ५९२२ नं.अटो दुर्घटनामा परि खल्लागाड स्थित कर्णाली राजमार्गमा मृत्यु भएका विर्ख बहादुर शाहीकाे विमा दावि रकम साे रुपैया मिति २०८०साल जेष्ठ ३२ गतेका दिनमा श्रीमती तारा कुमारी बमलाई कार्यक्रमका बिच चेक हस्तान्तरण गरेका हुन् ।
मृर्तक शाही नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नाग्म द्वारा गठित समूह नं. ७७ का समूह मिति २०७८साल मंसिर २३ गते आबद्ध भएका थिए । उनी तिलागुफामा अटाे दुर्घटनामा परि मृत्यु भएकाे थियाे । उनी सस्थाका लागि मिलन्सार ईमान्दारकाे रुपमा काम गर्दै आएका शाहीकाे विमा बापतकाे रकम तिलागुफा नगरपालिका नगर प्रमुख शंकर प्रसाद उपाध्यायको रोहबरमा शाखा प्रबन्धक महनबिर शाहि र नगर उपप्रमुखद्वारा हस्तान्तरण गरिएको हाे ।
सो म्यादी बिमा रकम बितरण कार्यक्रममा हिमा गाउँ पालिका जुम्ला का उपाध्यक्ष सुर्पना शाही ,नाग्मगाड प्रहरी चौकि प्रमुख मयालाल बुढा ,बजार ब्यबस्थापन समिति अध्यक्ष श्रि कृष्ण प्रसाद पाण्डे , समूह सदस्य अन्य समुहका समूह अध्यक्ष तथा सदस्य स्थानीय बासिन्दा भद्र भलादमि हरूको उपस्थित रहेको थियो संस्थाले शाखा स्थापना देखि हाल सम्म १५ जना आफ्ना सदस्य लाई बिमा रकम हस्तान्तरण गरेको ,बाढीपीडित लाई राहत बितरण सुत्केरी राहत दैबि प्रकोप राहत बितरण जस्ता सामाजिक काम गर्दै आएको छ ।