पवित्रकुमार शाही–
कालिकोट/ नरहरिनाथ—१ कोटबाडाका मंगल बिष्ट एक बर्ष अघि कतार जाने सुरमा थिए । तर, उनले विदेश गएर रोजगारी बन्ने योजना विचमै बदले ।आफ्नै गाउँ—ठाउँमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने सोचले उनले विदेश जाने तयारी रद्द गरेका हुन् । प्रविणता प्रमाणपत्र तहसम्म शैक्षिक योग्यता भएका मंगलले ३ महिनाको निःशुल्क मोवाइल मर्मत तालिम लिए । तालिमपछि उनले गाउँमै मोवाईल मर्मत गर्न सुरु गरे । मोवाइल विग्रेपछि स्थानीय सदरमुकाम मान्मसम्म मर्मत गर्न आउथे । तर, मंगलले गाउँमै मोवाइल मर्मत गर्न थालेपछि स्थानीयलाई सुविधा भयो । बिष्टले भने, ‘मोवाइल मर्मतबाटै मार्सिक २० हजार जम्मा आम्दानी हुन्छ ।
घर खर्च चलाएर १४ हजार बचत हुन्छ ।’ सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा संचालन भएको युवा सशक्तिकरण, वुलगारी परियोजना अन्तर्गत मोवाइल तालिम दिइएको थियो । उक्त तालिम मार्फत कोटबाडाका मंगल बिष्टले तालिममा भाग लिएर अहिल सफल व्यवसायी भएका हुन् । ३ महिना निःशुल्क तालिम लिनुका साथै विना धितो ३० हजार रुपैयाँ ऋण लिएर मोवाइल मर्मता पसल गरेर बसेको मंगल बिष्टले सुनाए । ३० हजारबाट सुरु गरेको व्यवसायमा हाल एक महिनामा बिष्टले २० हजार आम्दानी गर्छन् । मोवाइल मर्मतबाट मंगल बिष्टले बदलेको जीवन त एक प्रतिनिधि मुलक उदाहरण मात्र हो । उनि जस्तै धेरै युवाले मर्मत तालिम लिएर जिविकोपार्जन गरेका छन् ।
नरहरिनाथको लालुका रत्न बि.क.ले पनि गाउँमा नै मोवाइल मर्मत पसल चलाएर रोजगारी भएका छन् । बि.क.ले भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण कार्यक्रमले चलाएको ६५ दिने तालिम जिल्लामा लिएर गाउँमा नै रोजगारी भएका हुन् । अहिले गाउँघरमा मोवाइल सेवा पुगेर सबैको हातहातमा मोवाइल हुने गरेको गाउँमा नै मोवाइल मर्मत गर्दा राम्रो आम्दानी हुने गरेको रत्न बि.क.ले बताए । ‘गाउँमा मोवाइल नभएको मानिस छैन् ।’ उनले भने,–‘दैनिक १० देखि २० मोवाइल बनाएपछि राम्रो आम्दानी हुने गरेको छ ।’
गाउँमा नै सामान्य काम गर्दा पनि रोजगारी हुने बिदेश जानु नपर्ने, आफु भारतमा प्रत्येक बर्ष रोजगारी जाने गरेको तर, अहिले छाडेको बि.क.ले बताए । ‘गाउँमा नै स–साना काम गर्दा पनि रोजगार भइन्छ ।’ उनले भने,–‘ म पहिले भारत जाने गरेको थिए । अहिले गाउँमा नै राम्रो कमाई हुन्छ किन भारत जानु ।’
मोवाइल मर्मतको तालिम लिएपछि सहकारीबाट ऋण लिएर गाउँमा मोवाइल पसल चलाएको बि.क. बताउछन् । अहिले सहकारीको ऋण पनि तिरिसकेको उनले बताए । ‘सहकारीबाट ऋण लिएर मोवाइल मर्मत पसल खोलेको थिए ।’ उनले भने,–‘अहिले सहकारीको ऋण पनि तिरिसके ।’ गाउँमा मोवाइल मर्मत गरेर दैनिक १ हजारदेखि १२ सय रुपैयाँसम्म कमाउने गरेको र मासिक रुपमा गाउँमा नै १५ हजारदेखि २० हजार रुपैयाँ कमाउने गरेको बि.क.ले बताए । ‘गाउँमा नै मोवाइल मर्मत गरेर राम्रो कमाई हुदोँरहेछ ।’ उनले भने,–‘भारतमा कमाउने पैसा गाउँमा नै आफ्नो परिवारसँग बसेर कमाएको छुँ ।’ ‘पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्याे, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु ।’ बि.क.ले भने, पसलमा आउने ग्राहकलाई उनले प्राविधिक पढ्न सल्लाह दिएका छन ।
आफ्नो गाउँका युवालाई समेत मोवाइल मर्मत सम्बन्धी अध्ययन गरिरहेका छन । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने बि.क.को योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ । गाउँमा अहिले स–साना काम गरेर राम्रो कमाई गर्नेको संख्या बृद्धि हुदैँ गएको र सीप भए बिदेश वा भारत जान कसैले नपर्ने स्थानीय शिक्षक निर्मलकुमार बिष्टले बताए । ‘गाउँमा स–साना काम गरेर धेरै मानिसको रोजगारी भएको छ ।’ उनले भने,–‘गाउँमा नै राम्रो काम गरे कसैले भारत र अन्य देशको रोजगारी जानुपर्दैन ।’
सन् २०१६ बाट संचालन भएको युवा सशक्तिकरण परियोजनाबाट सयौं युवाहरु विभिन्न व्यवसायबाट लाभान्विद भएका छन् । बालवालिका तथा युवाको शिक्षा र जिविकोपार्जन क्षेत्रमा अवसर सृजना गर्न दिगो र समावेसी समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले परियोजना संचालन भएको भिडिसेफ नेपालका प्रतिनिधि शंकर उपाध्यायले बताए । उनले भने, युवा सशक्तिकरण परियोजनालाई गाउँमा निकै स्वागत गरेकका छन् ।