चुनाव हारे पनि राजनीति हारेको छैन : महामन्त्री शाही

१ पुष २०७४, शनिबार १४:२९

कालिकोट– नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटक चुनावबाट पराजय भए पनि राजनीति भने जितेको बताए । कालिकोटका साढे १६ हजार मतदाताले मत दिएर राजनीतिमा थप हौसला प्रदान गरेको महामन्त्री शाहीले बताए । शाही २०७० को संविधानसभाको निर्वाचन र भर्खर सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए ।

२०७० को निर्वाचनको मत भन्दा दोव्वदर मतदाताले आफुलाई मतदान गरेको शाहीले सुनाए । उनले राजनीतिमा स्थायी हार र स्थायी जित नहुने भएकाले पराजयलाइ स्वभाविक रुपमा लिएको बताए । शुक्रबार पत्रकार भेटघाट कार्यक्रम उनले भने, ‘अबको ५ बर्षसम्म सडक, विद्यूत, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासका महत्वपुर्ण पुर्वाधारमा नागरिकको प्रत्यक्ष पहुँच पुगाउन राज्यका निकायलाई ध्यानआर्कशण गराउन पहल गर्छु ।’

स्थानीय तहको निर्वाचन भएपछि विकासको गति झनै सूस्ताएकाले अव गाउँ—गाउँमा अनुगमन गरेर खबदारी गराउने महामन्त्री शाहीले बताए । सिँहदरबार गाउँमा आए पनि जनताले सेवा पाएको महशुस नगरेकाले स्थानीय निकायकाले जिम्मेवार भएर काम गर्नु पर्ने उनले बताए ।

 

Next Post

अधिकांस नेपालीको चाहाना हिन्दु राष्ट्र : महामन्त्री शाही

१ पुष २०७४, शनिबार १४:२९
कालिकोट– अधिकांस नेपालीले हिन्दु धर्म चाहेकाले अव नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए । जिल्लाको सदरमुकाम मान्ममा शनिवार आयोजना गरिएको धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री शाहीले सो कुरा बताएका हुन् । हिन्दु धर्म भनेको अधिकांस नेपालीको आस्था र धरोहर भएकाले संरक्षण तथा सम्बद्र्धन […]