४ मा २० जना आएपछि ‘डिएचओ’ का कर्मचारी तनावमा

१२ असार २०७४, सोमबार १७:२०

कालिकोट- कार्यक्रममको शिर्षक ब्यानरमा प्रष्ट छ । महामारी रोग नियन्त्रण तथा सञ्चार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम । सामोबार खाँडाचक्र मान्मको एक होटलमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हो । कार्यक्रममो लक्ष्य भनेको संचारकर्मीलाई महामारी रोगको समाचार संकलन र प्रसारण, प्रकाशन कसरी गर्ने ? भन्ने बारे ।

१९ जना सहभागी बनाउनु पर्ने आयोजकको तयारी थियो । १९ जना भन्दा त २० जना पनि सहभागी पुगे । तर पत्रकारलाई भनिएको कार्यक्रममा गैर पत्रकारको बहुमत देखियो । जिल्ला स्वास्थ्य कार्यालयले अझ त ४ जना बाहेक अरु पत्रकार नबालाउने तयारी गरेको रहेछ ।

४ जना भित्र पनि आफ्ना नजिकका पत्रकार । एक कर्मचारीले पत्रकार महासंघ कालिकोटका अध्यक्षलाई मोवाईलमा कल गरे । अध्यक्ष ज्यु ४ जना पत्रकार कार्यक्रममा पठाउँनु पर्यो भनेर खबर आयो । महासंघका अध्यक्षले पनि आफुसहित ४ जना नाम चलेका पत्रकार पठाए । तर कार्यक्रम हलमा छिर्दा त पत्रकारभन्दा उद्योग बाणिज्य संघ, ब्यापारी, दलका नेता, कानुन व्यवसायी, स्वास्थ्यकर्मीलगायतका मानिस धेरै भए ।

४ जना पत्रकारलाई बोलाएर सक्ने भनिएको कार्यक्रममा २० जना सहभागी भएपछि आयोजकलाई हैरान भयो । कार्यक्रमक फोकल प्रशन हेमराज बमले सहभागी भएका पत्रकार हुन कि हैनन भनेर खोज तलास पनि गरे । खोजतलासमा १० जना पत्रकार र १३ जना अन्य व्यक्ति भेटिए । त्यसपछि जिल्ला स्वास्थ्यको पुरै टिम टेनशनमा डुव्यो । अन्तरक्रियामा पत्रकार महासंघ अध्यक्ष तुलाराम पाण्डेले महामारी र सहभागीका विषयमा हात उठाएर बोल्न खोज्दा गैरपत्रकारले बोल्न दिएनन् । अनि अध्यक्ष पाण्डे र पुर्व पत्रकार महासंघका अध्यक्ष हलबाट बाहिर गए ।

दुई जना जिमेवार पत्रकार बाहिर गएपछि पत्रकार पवित्रकुमार शाही पनि पछाडी — पछाडि लागेर बाहिर हुईकिए । ३ जना पत्रकार बाहिरीएपछि अन्य पत्रकार पनि बाहिरिने सुरमा थिए । बाहिरीने विचार हुँदाहुँदै कार्यक्रम सकियो । चालु आर्थिक बर्षको एक पटक मात्र पत्रकारलाई बोलाएको कार्यक्रममा त्यही पनि ४ जना मात्र बोलाउने तयारी अजव गजबको भएको एक पत्रकारले बताए । पत्रकारले यो त भएन अब मिडियाबाट भण्डाफोर गर्नुपर्छ है साथी हो भनेर विस्तारै कानेखुसी गरे । महासंघका अध्यक्ष तुलाराम पाण्डेले महामारी सम्बन्धि संचार अन्तक्रिया भएकाले एक संचार माध्यामबाट एक जना सहभागी हुनु सोभाविक भएको सुनाए ।

कार्यक्रममा ४ जना पत्रकार बोलाएर सक्ने बजेटमा २० जना सहभागी कसरी भए भन्ने कुराको जिल्ला स्वास्थ्यले छानविन गर्दै कार्यक्रम सकिएको थियो । कर्मचारी हेमराज बम २० जना सहभागी भएपछि हे भगवान, यत्रो मान्छे कसरी आए भनेर सुस्केरा मार्दै दिए । ४ जनाको ठाउँमा २० जना आउनु भनेको कर्मचारीले आफ्ना आफन्त बोलाएको एक कर्मचारीले खुसुक्क सुनाए ।

होटल भित्रै वितन्डा

कार्यक्रम सकिएको लगतै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.कौशल अली र कार्यक्रमका फोकल प्रशन सिनियर अहेब हेमराज बम विच वितन्डा मचियो । होटलमा सहभागीलाई चाउमिनको अर्डर गरिएको रहेछ । तर डा अलीले आफ्नो व्यत्तिगत पैसाँ तिरेर भए पनि मम खान्न्छु तु मम चायो भने । होटलमा काम गर्ने एक सहयोगीले मम हुन्न चामिन मात्र दिन्छु भन्दा हेमराज बम र डा. विच विवाद भयो । होटलमा किन कार्यक्रम राखेको भन्दै डा.अली रिसाएर तनावमा पुगे । अलीलाई मम ल्याउदा पनि फेरी नखाएर उतार चढावमा पुगे । अलीले भने , ‘ल अव म यो होटलको नास्ता खान्न जान्छु । अन्य कर्मचारीले नजानुहाेस डाक्टरसाव भन्दा पनि उनले मानेन ।
पकेटको पैसाँ दिन्छु भन्दा पनि साथीहरुले भाउँ खाएर मम खान नदिने यो पनि चाहीँ कोइ कुरो हो ।’ अलीले होटल बाहिर निकलेर गाडि चालकलाई बोलाएर नास्ता खान बजार हुइकिए ।

गाडिमा बजार हुइकिदै कार्यालय प्रमुख
गाडिमा बजार हुइकिदै कार्यालय प्रमुख

नास्ता बहिस्कार गर्नुको भित्री पाटो

जिल्ला स्वास्थ्य कार्यालयमा व्यवसायीक राजनीति गर्ने दलका नेताभन्दा कर्मचारी कम छैनन् । कार्यक्रमको नंमसभन्दा धेरै मानिस देखिपछि दुई वटै पक्षविच मनमेटाप भएको देखिन्छ । २२ हजारको बजेट भएको कार्यक्रम भएको एक कर्मचारीले पत्रकारलाई सुनाए । सहभागी १ जना बरावर कर काटेर ४२० नगद र १ हाप ननभेज चाउँमिन थियो । एक जना बरावर हिसाव गर्दा ५ सय ५० हुन आउछ भने २० जनाको ११ हजार मात्र हुन्छ । तर बाँकी १२ हजार रुपैयाँमा १ व्यानर र प्रोजेक्टर खर्च मात्र हो । पैसाँ बचाएर पनि सन्तुष्ट नहुने कर्मचारीले अरु भुमिगत पाराले गरेका कार्यक्रम कति होलान ? कागजमा सकेका कार्यक्रमबाट कति खान्छन भन्ने अत्तोपतो छैन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राय बर्षेनी यस्तै तालिम गोष्ठी मै करोडौं रुयौयाँ सकिने गरेको पाइएको छ । स्वास्थ्यले आयोजना गरेको कार्यक्रमले भने दिन खोजेको सन्देश अत्यान्तै महत्वपुर्ण थियो ।

Next Post

असारे हिरोइन, लोकदोहोरी गायीका सपना

१२ असार २०७४, सोमबार १७:२०
दैलेख- लोक तथा दोहोरी गायीका सपना शाही असारे चटारोमा व्यस्त छन् । उनि किसानसँगै खेतवारीकाे रोपाइमा रमाएर व्यस्त रहेकी छन् । उनले फोटो खिच्नलाई मात्र खेतवारीमा गएकि हैनन् । उनले खेतमा गएर रोपेको पक्का नै हो । रोपाइमा हिलो र धानको विउसँग रमाउँदै फोटो खिचाई रहेकी छन् । सपनाको शिक्षण […]

You May Like