खाँडाचक्रमा मेयर—उपमेयरले गरे पदभार ग्रहण

१४ जेष्ठ २०७४, आईतवार १६:५८

कालिकोट : जिल्लाको खाडाचक्र नगरपालिकामा मेयर र उपमेयरले पद ग्रहण गरेका छन् । स्थानीय निर्वाचनमा निर्वाचित मेयर जशीप्रसाद पाण्डे र उपमेयर बीजया बिष्टले पदभार ग्रहण गरेका हुन् । एमालेबाट विजयी भएका मेयर र उपमेयरले कार्यालयको हाजिरी रजिष्टारमा हाजिर लगाएर पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणका क्रममा मेयर जशीप्रसाद पाण्डेले भने, जिल्लाको मुटुको रुपमा रहेका खाँडाचक्र नगरपालिका लाई समृद्ध नगरपालिका बनाउने अठोट गर्दछु । यो भन्दा पहिला एमालेकाे नेता मात्र थिए । अब भने नगरपालिका भरिका नागरिकको प्रतिनिधि भएर काम गर्ने छु ।’ पाण्डेले भने, नगरपालिकामा शुसान कायम गरी विकासका हरेक पुर्वाधारलाई प्राथामिकता दिएर काम गर्ने छु ।

त्यस्तै उपमेयर बीजया बिष्टले महिलाहरुको प्रगती र उन्नतीका लागि आफु प्रतिबद्ध रहने बताइन् । बिष्टले खाँडाचक्र नगरपालिका अब महिला मैत्री हुने बताइन् । राज्यले दिएको सेवालाई पनि कार्यान्वयनमा ल्याउनजस्ता समस्यालाई सामाधान गर्दै जनमुखी काम गर्ने उनले बताईन् ।

महिलाहरुको क्षमता विकास गर्नुका साथै नगरमा हुने सेवा सुविधा पाउँने क्षेत्रमा सबै महिलालाई सम्मान जनक प्रदान गर्ने बिष्टले बताइन् । पदभार ग्रहण कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) कांग्रेसका जिल्ला सहसचिव दमन शाहीलगायतका नेताहरुले मेयर र उपमेयरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Next Post

एमालेले गर्‍यो सर्वदलीय बैठक बहिस्कार

१४ जेष्ठ २०७४, आईतवार १६:५८
काठमाडौं : व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ । सहमती नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन २ दिन बाँकी रहँदा सहमतीय सरकार गठनको विषयमा छलफल गर्न भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने […]