पत्रकार महासंघमा तुलाराम पाण्डे निर्वाचित

२ चैत्र २०७३, बुधबार १७:५६

कालिकोट- नेपाल पत्रकार महासंघ कालिकोटको अध्यक्षमा तुलाराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको चौथाे जिल्ला अधिवेनबाट पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् । खुला उपाध्यक्षमा नमराज योगी, समावेशी उपाध्यक्षमा मनिका बोहोरा सचिवमा खडानन्द अधिकारी, सहसचिवमा प्रेमराज सिम्खाडा, समावेशी सहसचिवमा साधना शाही र कोषाध्यक्षमा लंक धमालासहित १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ ।

विगत एक दशकदेखि नियमित निर्वाचन हुँदै आए पनि चौथो जिल्ला अधिवेशनमा भने सर्वसम्मत पत्रकार महासंघको जिल्ला कार्य समिति चयन भएको हो । महासंघमा प्रेस संघ संगठनमा र विभिन्न मिडियामा कार्यरत पत्रकारलाई कार्य समिति र पार्सदमा निर्वाचित गरिएको छ । प्रेस चौतारी नोपाल कालिकोटबाट अध्यक्ष, सचिव, खुला सहसचिव र दुई जना जिल्ला कार्य समितिमा सदस्य रहेका छन् । ५ जना केन्द्रिय सभासद र ४ जना प्रदेश सभासद समेत चयन भएका छन् ।
त्यस्तै नेपाल प्रेस युनियनबाट खुला उपाध्यक्ष समावेशी सहसचिव, दुई सदस्य कार्य समितिमा समेटिएको छ ।

१ केन्द्रय पार्सद र २ जना प्रदेश पार्सद पनि महासंघमा युनियनबाट समेटिएको छ । प्रेस सेन्टरबाट कोषाध्यक्ष, दुई सदस्य, एक केन्द्रिय सभासद र तिन प्रदेश सभासद रहेका छन् । ९० जना साधारण सदस्य भएको शाखाबाट ९ जना केन्द्रिय पार्सद र १२ जना प्रदेश पार्सद अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।

क्रान्तिकारी संगठनबाट,समावेशी उपाध्यक्ष, १ सदस्य, १ केन्द्रिय सभासद र २ जना प्रदेश सभासदमा निर्वाचित भएका छन् । त्यस्तै प्रगतिशिल पत्रकार संघबाट एक जिल्ला कार्य समितिमा सदस्य,१ केन्द्रिय पार्षद र १ प्रदेश सभासदमा चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका तुलाराम पाण्डे यो पटक गरेर दुई पटक महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्ला कार्य समिति, केन्द र प्रदेश गरी ३६ पदमा ३६ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

Next Post

स्थानीय निर्वाचनमा राजनीतिक दलकाे उत्साह

२ चैत्र २०७३, बुधबार १७:५६
कालिकोट – सरकारले स्थानीय तहको चुनाव घोषणा गरेपछि जिल्लामा उत्साह बढेको छ । चुनाव घोषणा हुँदा जिल्लामा निकै चुनावको चहलपहलसंगै उत्साह बढेको हो । चुनाव घोषणा नहुँदै तयारीमा जुटेका दल झन् उत्साहित भएका छन् । ०५४ सालपछि स्थानीय निकायको चुनाव पहिलो पटक घोषणा गरिएको हो । यसअघि शाही शासनका बेला […]