नेपाली कांग्रेस महाधिवेशन

१९ बर्षिया वडा सभापति स्वस्तिका भुपेन्द्रजंग शाहीको समर्थनमा

मिसन न्यूज १८ मंसिर २०७८, शनिबार ०९:१२

सुर्खेत– चर्चित १९ वर्षीया किशोरी स्वस्तिका महत भुपेन्द्रजंग शाहीको सर्मथनमा लागेकि छन् । नेपाली कांग्रेसको १४ औैं महाधिवेशनको सरगर्मी चलिरहँदा स्वस्तिका प्रदेश सभापतिका उम्मेदवार शाहीको समर्थनमा लागेकी हुन् । दैलेख दुल्लु नगरपालिका–३ नेपाकी महत १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएसँगै भुपेन्द्रजंग शाहीको समर्थनमा लागेकी हुन् ।

राजनीतिक वातावरणमै हुर्किएकी महत उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए । उनका बुवाको दुई वर्षअघि निधन भएको थियो । युवादेखि बृद्धसम्मका प्रतिनिधिले भुपेन्द्रजंग शाहीलाई सभापतिमा रोजाई गरेको स्वस्तिकाले बताईन् ।

सुदृढ कांग्रेस र समृद्ध कर्णालीको सपना पूरा गर्नका लागि भुपेन्द्रजंग शाहीको समर्थनमा होमिएकी स्वस्तिकाले बताईन् । कर्णालीको कालिकोटबाट प्रतिनिधित्व गर्ने भुपेन्द्रजंग शाही प्रदेशमा पौडेल पक्षबाट सभापतिका उम्मेदवार बनेका छन् ।

पार्टी भित्रको गुटलाई अन्तय र कांग्रेसलाई एकताबद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताएका छन् । सभापतिका उम्मेदावार शाहीले कांग्रेसलाई गुटगतबाट हटाएर पार्टीलाई एकतावद्ध गर्ने आफ्नो योजना भएको बताए । कांग्रेस पार्टीलाई सदृढ बनाउने र सिंगो कर्णाली प्रदेशलाई समृद्धिको खाका कोर्नका लागि उम्मेद्वारी भएको शाहीले दाबी गरे । साथमा सबै पदाधिकारीले भोट गरेर जिताउन आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशको अधिवेशन विहिबार उद्घाटन भएको छ । काँग्रेसको युवा पुस्ताबाट प्रदेश सभापतिका लागि उनको चर्चा व्यापक छ । पछिल्लो समय युवा बिच निकै लोकप्रिय बनेका शाही यूवादेखि बृद्धसम्मको रोजाईमा परेका छन् ।

यसअघि नेविसंघको केन्द्रिय उपाध्यक्ष र तरुण दलको केन्द्रीय महामन्त्री भइसकेका शाही सभापतिमा उठेका हुन् । नेता शाहीका बन्दीगृह उपन्यास लगायतका लेख रचनाहरु प्रकाशित छन् । शाहीले केही दिनअघि कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । पछिल्ला वर्ष शाही भूगोलकै राजनीतिमा केन्द्रित रहँदै आएका छन् । देवबा टिमबाट जुम्लाका ललितजंग शाही र निधि टिमबाट कालिकोटका मोतिराज बम सभापतिको उम्मेदवार बनेका छन् ।

Next Post

कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ : ओली

१८ मंसिर २०७८, शनिबार ०९:१२
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार ओलीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । […]