कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ : ओली

मिसन न्यूज २५ मंसिर २०७८, शनिबार १२:१४

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार ओलीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए ।

प्रचण्डलगत्तै बोलेका ओलीले त्यसतिर संकेत गर्दै भने, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ । ‘सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ? देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले,’ उनले अघि भने, ‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको संसदको अंग होइन ? हामी साथमा छैनौं लोकतन्त्रको सवालमा ? हामीसँगै लडेका छैनौं ?’

तर कतिपयमा सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता देखिएको भन्दै ओलीले कटाक्ष गरे । उनले अघि भने, ‘नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, अरुका नीतिमा होइन, आफ्नो नीतिमा हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना छ ।’

Next Post

नेपाली कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार

२५ मंसिर २०७८, शनिबार १२:१४
काठमाडौ – नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ […]