कालिकोट- नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ती मोर्चा नेपालका केन्द्रीयअध्यक्ष डम्बरबहादुर बिकले हाम्रो समाजमा दलितको जवानी चल्ने तर पानी नचल्नुले समस्या निम्त्याएको बताए । विकले भने, ‘यो समाजमा जवानीको सम्मान र दलितको अपमान किन हुन्छ ? यसको लागि समाजले बुज्ने वेला आएको छ ।’
कुनै कुरामा समाजले सास्कृतिक स्वार्थ लिएकाले यसको अत्ये हुन जरुरी भएको विकले बताए । दलित मुत्ति mमोर्चा नेपाल कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बिकले यस्तो बताएकाहुन् । सम्मेलनमा बोल्दै समाजमा दलितहरु माथिको बिभेद अझैँ नहटेको र पृथ्वीमा जन्मेका सबै मानव जातीको बराबार हक अधिकार हुदाँहुदैँ पनि बिभेद रहेको बताए । ‘दलितको जवानी सबैलाई चल्छ ।’ उनले भने, ‘तर, तिनै दलितले छोएको पानीचल्दैन् ।’
समाजमा रहेको बिकृति बिसंगति बिरुद्ध आफुहरुले निरन्तर सघर्ष गर्ने र त्यसकालागि आवश्यक परे सबै प्रकारका आन्दोलन गर्न तयार रहेको बिकले बताए । ‘जातीय बिभेद बिरुद्ध सबै प्रकार आन्दोलन गर्न तयार छौं ।’ उनले भने,‘अहिले पनि दलित भएकै कारणले जात लुकाउनु पर्ने अवस्था रहेको छ ।’
नेपाल दलित मुक्ति मोर्चा कालिकोटको जिल्ला सम्मेलनले गरेका निर्णय सार्वजनिक गराउँन आयोजित पत्रकार पत्रकार सम्मेलनमा पलाँतता गाउँपालिकाको कर्णाली माध्यमिक बिद्यालय खिनमा भएको सम्मेलनले जिल्ला अध्यक्षमा सर्पलाल बिकको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति गठन गरिएको जानकारी समेत दिईको थियो ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप) र दलित मुक्ति मोर्चा नेपाल कर्णाली व्युरो संयोजक साहसीको उपस्थिति रहेको थियो ।