सुखेत– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सहसंयोजक यामलाल कंडेलले बन्दाबन्दीका बेला निश्चित मानिसहरूले कमाउने भाडो बनाएको बताएका छन । कर्णाली प्रदेशसभाको आइतबारदेखी शुरू भएको अधिबेशनलाई संबाेधन गर्दै प्रदेशसभा सदस्य कंडेलले सरकारसँग जोडिएका नजिकका मानिसहरूले अहिले उपकार नाममा कमाउने धन्दा गरेको आरोप लगाएका हुन ।
एउटा किसान खेतबारीमा जान नपाएर घण्टौ चोकमा बस्नुपर्ने अवस्था भएको तर राहतको नाममा केही व्यवसायीहरूले कमाउ धन्दा चलाएको उनको भनाई थियो । बिपतिको बेला सामाजिक विसंगति, बिकृती बढ्दै गएको र यसको नियन्त्रणमा लाग्न प्रदेश सरकारलाई उनले सुझाव दिए ।
सिमित साधनका बाजजुदका पनि केही कामहरू भएको तर त्यसलाई व्यवस्थित गर्न नसक्दा पछिल्ला दिनहरू भयावह हुने उनको भनाई थियो । उनले जथाभावी बजेट बाँडने काम गलत भएको बताए । ‘कति दिन हो कोरोना आतंक हुने, फिक्स छैन,’ उनले भने, ‘ढुकुटी सकिदै गयो भने हामी कहाँ जाने ? तपाईले बाँडेका पैसा खर्च गर्न नसकिने भनेकै बेलामा पैसा गयो त । दामासाहीको रुपमा हामीलाई पैसा आउँछ । जथाभावी पैसा बाँडदै गएको खण्डमा समस्या हुन्छ । ख्याल गर्नुहोस ।’
नेता कंडेलले सामाजिक दुरी कायम गरेर भएपनि काम गर्नुपर्ने बताए । ‘बन्दाबन्दीबाट निश्चित व्यक्तिले फाइदा लिएका छन् । निर्माण सामाग्री प्रयोग भइरहेका छैनन्, मूल्य बढेको बढ्यै छ । यसमा सरकारले समन्वय गर्न आवश्यक छ । क्वारेन्टाइनमा लट अनुसार राखौं,’ उनले थपे ।
प्रदेश सभा सदस्य शोसिला शाहीले सरकारले सामाजिक दुरी कायम गरेर भएपनि विकासका कामहरु गर्नु पर्ने बताइन । सरकारले राम्रो काम गरेको खण्डमा समर्थन गर्ने र नराम्रो काम गरेको खण्डमा आफूले विरोध गर्ने उनको भनाइ छ ।


