उत्तराखण्डको बाढीमा जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता

मिसन न्यूज २४ श्रावण २०८२, शुक्रबार १२:५२

जाजरकोट । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशङ्का सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।’

521567620_1455833135542865_3815032865226356333_n

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ।

उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।

 

Next Post

संसदमा प्रधानमन्त्रीको खोजाखोज

२४ श्रावण २०८२, शुक्रबार १२:५२
काठमाडौं । प्रतिनिधिसभा बैठकमा निश्कल राई ले सदनमा बालेन्द्र शाह अनुपस्थित रहेको भन्दै आपत्ति जनाएका छन् । उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरे। राईले अघिल्लो दिन आफ्नो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी माग गरेको पनि स्मरण गराए । यसअघि नीति तथा […]