नेकपा र फोरमबीच दुईबुँदे सहमति, उपेन्द्र यादव सरकारमा जाने

१४ जेष्ठ २०७५, सोमबार १४:११

काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालका अनुसार सहमतिको आधारमा संविधान संशोधन गर्नेगरी सरकारमा जान सहमति भएको हो ।

‘आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशाेधनसँग सम्बन्धित विषहरू देश र जनताकाे पक्षमा अापसी सहमतिकाे अाधारमा संविधान संशाेधन गरी सम्बव्धन गरिनेछ,’ सहमतिपत्रमा भनिएकाे छ, ‘सरकारद्वारा गर्न सकिने कामहरू सरकारकाे नीति र कार्यक्रममा समावेश गरिनेछ। उपराेक्त कार्यहरू अान्तरिक गृहकार्यगरी सहमतिमा समाधान गरिनेछ।’

Next Post

चामल ढुवानीमा कमिसनको खेल

१४ जेष्ठ २०७५, सोमबार १४:११
कालिकोट – जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो। सधैं भोकमरी हुने पलाता क्षेत्रमा खाद्यान्नको अभाव हुँदा यसपटक पनि भोकमरी हुने संकेत देखिएको छ। नेपाल खाद्य […]