बाम गठबन्दन फुट्ने खतराबाट रातारात जाेगियाे

६ कार्तिक २०७४, सोमबार १७:४८

कालिकोट- जिल्लामा बाम गठबन्धनमा भएको टिकट विवाद मनोनयन दर्तापछि सुल्झिएको छ। प्रदेश क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्र र एमालेको टिकट जुधेपछि विवाद भएको थियो। दुवै पार्टीले केन्द्रबाट टिकट ल्याएको ४ दिनपछि मनोनयन दर्ताको दिनमा मात्र फेरबदल गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षका लागि टिकट पाएका विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको क्षेत्र नम्वर २ (ख) बाट उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश (ख) बाट उम्मेदवारी दिने तयारी गरेका माओवादी केन्द्रका जिल्ला संयोजक दुर्गाबहादुर रावतले पुनः प्रतिनिधिसभाको उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा ४ दिनसम्म बाम गठबन्दनको टिकट कसैको नभए पनि आईतवार मात्र टुंगो लागेको छ।

माओवादी केन्द्रका नेताबीच सहमती भएपछि विबाद सेलाएको छ । तर, माआवादी केन्द्रको जिल्ला इन्चार्ज जीवन बुढाका अनुसार आफुलाई जानकारी नगरी टिकट मिलाइएको छ।

प्रदेश क बाट नेकपा एमालेका तर्फबाट कुर्मराज शाही र प्रदेश ख बाट माओवादी केन्द्रले विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

संचार माध्याममा प्रदेश (ख) बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को उम्मेदवारी रहने भनिए पनि अन्ततः माओावादी केन्द्रले नै टिकट हात पारेर मनोनय दर्ता गरेको छ। गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या आएको थियो।

Next Post

बाम गठबन्दन निर्वाचन मुल समितिको संयोजकमा शाही

६ कार्तिक २०७४, सोमबार १७:४८
कालिकोट – आगामी मंशिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्दनले निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रविच भएको संयुुक्त गठबन्दनबाट मुल समितिको संयोजकमा नगिन्द्र शाही (नेशनल) चयन भएका छन् । एमालेकालिकोटका जिल्ला अध्यक्ष समेत रहेका शाहीलाई गठबन्दनले संयोजकमा चयन गरेको […]