डा. केसीसँग आजै समझदारी हुने सम्भावना

१० श्रावण २०७५, बिहीबार १५:०८

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। वुधबार दिउँसोको वार्ता निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै सक्रिय बनेका थिए। प्रधानमन्त्रीको सक्रियतापछि अहिले डा. केसी र सरकारी वार्ता टोलीबीच बालुवाटारमा छलफल भइरहेको छ।

वुधबार अबेर प्रधानमन्त्रीले केसीको वार्ता टोलीलाई वालुवाटारमा बोलाएर छलफल गरेका थिए। छलफलको क्रममा चिकित्सा शिक्षा विधेयकका महत्वपूर्ण विषयमा प्रधानमन्त्री सकारात्मक देखिएपछि डा. केसीको अनशन आजै तोड्ने गरी दुई पक्षबीच वार्ता हुन लागेको हो। डा. केसीको वार्ता टोलीमा डा. अभिषेक सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल छन्।

Next Post

यसरी भेटियो निकास

१० श्रावण २०७५, बिहीबार १५:०८
काठमाडौं – सुरुदेखि नै अनशनप्रति सरकार सकारात्मक थिएन। डा. गोविन्द केसीले अनशन थालेको दुई साता बितिसक्दा पनि न सरकार सकारात्मक थियो, न डा.केसी पक्ष नै अत्तिएका थियो। बढ्दो जनदबाबपछि १६औं दिनमा सरकारले वार्ताटोली बनाएसँगै केही चहलपहल सुरु हुने आशा गरिएको थियो। मन्त्रिपरिषद्ले शिक्षा सचिवको संयोजकत्वमा वार्ता टोली बनाएको खबरसँगै डा. […]