प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा नबोल्ने

मिसन न्यूज ३० बैशाख २०८३, बुधबार १२:४८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजको संसद बैठकमा नबोल्ने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची छ ।

प्रधानमन्त्री शाहको जवाफपछि नीति तथा कार्यक्रम आजैको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो । तर,हिजो सांसदहरुले उठाएका प्रश्नको उत्तर अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले दिने स्रोतले बतायो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३ र ८४ को सरकारको नीति तथा कार्यक्रम अस्ति सोमबार अपरान्ह संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको थियो । राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री उठेर हिँडेपछि उक्त कार्यको सर्वत्र आलोचना भएको छ ।

हिजो संसद बैठकमा सांसदहरुले समेत उक्त विषय उठाएका थिए । छलफलमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहले आज जवाफ दिने कार्यसूची तय गरिए पनि अर्थमन्त्रीले जवाफ दिने अवस्था उत्पन्न भएको छ ।

Next Post

प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरोध

३० बैशाख २०८३, बुधबार १२:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरोध गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री जवाफ दिन नआएपछि विपक्षीले उठेर विरोध जनाएका हुन्। प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन्।