प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसको नाराबाजी

१९ आश्विन २०७७, सोमबार १४:४८

बुटवल– सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।
संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्रीले ओली र प्रचण्डको बैशाखी टेकेर भालुवाङको प्रस्ताव ल्याए – कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ ।

प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।

बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । तर मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको उनले बताए । कनौडियाले भने, ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ ।’

Next Post

मुख्यमन्‍त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ आश्विन २०७७, सोमबार १४:४८
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कै १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, […]