एकैसाथ दोहोरो खुसी, ब्यूटी विद अ पर्पस अवार्ड पनि श्रृंखलाकै पोल्टामा

१८ मंसिर २०७५, मंगलवार १२:११

काठमाडौँ – चीनमा भइरहेको मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।
यो अवार्डसँर्ग उनले सारा नेपालीका लागी दोहोरो खुसी दिएकी छन् ।

केही बेर अघि आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै श्रृंखलाले आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।उनले अत्यन्तै खुसी हुँदै गला भारी भएको आवाजमाआफूले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको सुनाइन् ।

उनले खुशी मिसिएर गला भारी भएको आवाजमा भनिन्, ‘एण्ड, आर्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ भिडियोमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु आफ्नो लागि मिस वर्ल्डको उपाधि जितेसरह भएको पनि बताएकी छन् ।

यसका बारेमा श्रृंखलाले आधिकािरक जानकारी गराए पनि मिस वर्ल्डको आधिकारिक पेजमा आउन भने बाँकी छ । ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनको पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेको छ ।

 

Next Post

गृह मन्त्रालयकाे आदेश : नयाँ मदिरा उद्योगलार्इ राेक

१८ मंसिर २०७५, मंगलवार १२:११
काठमाडौं – गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ। ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी […]