एमालेका विद्यासुन्दर शाक्य बने, काठमाडौं महानगरका मेयर

१४ जेष्ठ २०७४, आईतवार १४:१८

काठमाडौं- काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्का निर्वाचित भएकी छन्। उनले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी हुन्। उनका निकतम प्रतिद्वन्द्वी राजाराम श्रेष्ठले ३४ हजार ८ सय ४५ मत ल्याए।

यसअघि एमालेले पोखरा महानगर र कांग्रेसले ललितपुर महानगरमा विजयी भएको थियो।

Next Post

खाँडाचक्रमा मेयर—उपमेयरले गरे पदभार ग्रहण

१४ जेष्ठ २०७४, आईतवार १४:१८
कालिकोट : जिल्लाको खाडाचक्र नगरपालिकामा मेयर र उपमेयरले पद ग्रहण गरेका छन् । स्थानीय निर्वाचनमा निर्वाचित मेयर जशीप्रसाद पाण्डे र उपमेयर बीजया बिष्टले पदभार ग्रहण गरेका हुन् । एमालेबाट विजयी भएका मेयर र उपमेयरले कार्यालयको हाजिरी रजिष्टारमा हाजिर लगाएर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका क्रममा मेयर जशीप्रसाद पाण्डेले […]