६ नम्बर प्रदेशको नाम कर्णाली, राजधानी सुर्खेत

१२ फाल्गुन २०७४, शनिबार १५:३३

सुर्खेत– प्रदेश नंं. ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌ंसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली  र  राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई  सभामुख राजबहादुर शाहीले   पारित भएको घोषणा गरेका थिए ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्टिय र अन्तर्राष्टि रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सांसद शोसिला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धि कंडेलको प्रस्तावमा समर्थन जनाएकी थिईन् ।

नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिएको हो ।   याे सँगै प्रदेश नम्बर ६ अब   कर्णाली प्रदेशमा नामाकरण हुनुका साथै  राजधानी सुर्खेत  पक्का  भएकाे छ ।

 

Next Post

मुख्यमन्त्री शाही नगर सरसफाइमा

१२ फाल्गुन २०७४, शनिबार १५:३३
सुर्खेत – मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए। वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए। उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले। ‘प्रदेशको राजधानीलाई सफा र स्वच्छ राख्नु हामी […]