मुहार फेर्दै प्रदेश राजधानी

४ भाद्र २०७६, बुधबार ११:३८

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतले मुहार फेरिरहेको छ । राजधानीमा परिणत भएपछि वीरेन्द्रनगरको पुरानो परिचय बदलिँदै गएको होरु। नयाँ संरचना निर्माणाधीन अवस्थामा भए पनि विगतको तुलनामा विरेन्द्रनगरले रुप फेरिरहेको छ । हाल संचालित विकासका आयोजना पूरा भए भने, कर्णालीको समृद्ध सहरको रूपमा परिचित हुने छ । मुलुक संघीयतामा प्रवेश गर्नुअघिको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगर राजधानी बनेपछि हाल कर्णालीका दशवटै जिल्लाका मानिसहरु तानिरहेको छ । प्रदेश राजधानीमा रूपान्तरण भइसकेपछि विकासले पनि फट्को मार्दै गएको छ ।

विरेन्द्रनगर प्रदेश राजधानी भएकै काराणले दश वटै जिल्लासँग यसको नजिकको सम्बन्ध जोडिदै गएको छ । प्रदेश राजधानीमा धमाधम संरचनाहरू थपिँदै गएका छन् । राजधानीमा बाहिरबाट वसाइसराइ गरेर आउँनेहरुको भिड लागिरहेको छ । विगतको तुलनामा जनघनत्वको मात्र निरन्तर बढीरहेको छ । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगर सुर्खेतले विकासमा छलाङ हानीरहेको छ । प्रदेश राजधानीको पहिचान दिनको लागि पनि पछिल्लो समय तिनवटै तहका सरकारले विकासमा वीरेन्द्रनगरलाई जोड दिइएको छ । वीरेन्द्रनगर प्रदेशकै मुटु भएकाले सबै क्षेत्रले विकासमा जोड दिनु पर्ने दवाव सृजना समेत भएको छ । विरेन्द्रनगर नगरपालिका मेयर देवकुमार सुवेदी वीरेन्द्रनगर प्रदेशकै राजधानी भएकाले सवै क्षेत्रले यसको विकास गर्नपर्ने बताउँछन् ।

कर्णाली प्रदेश तथा संघिय सरकारको सहयोगमा नगरको दीर्घकालीन विकास योजनामा जोड दिएको मेयर सुवेदीले सनाए । ‘नगरपालिकाको आन्तरिक स्रोतले मात्र वीरेन्द्रनगरको विकास सम्भव देखिदैँन, केन्द्र सरकार र प्रदेश सरकारको विकास र समृद्धिको सपना राजधानीमा जोडिएको छ,’ उनले भने, ‘तिनवटै सरकार लागेर राजधानीलाई नमुना सहर बनाउने अभियानमा लागौं ।’ जनघनत्व बढेपछि वीरेन्द्रनगरमा घडेरी तथा जग्गा खरिद विक्रि कारोबार बढेको छ । मापदण्ड अनुसार नयाँ संरचना निर्माण गरिनु पर्ने नगरपालिकाले निर्देशन गरेको छ । मापदण्ड मिचेर निजि तथा सार्वजनिक संरचना निर्माण नगर्न नगरवासीलार्य नगरले आग्रह गरेको छ ।

विगतमा कतिपय सरकारी सेवा सुविधा लिनको लागि नेपालगञ्ज जानु पर्ने बाध्याता थियो । बषौवर्षदेखिको समस्याबाट कर्णालीवासी टाढाँ भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आन्तरिक राजश्व कार्यालय, यातायात सेवा कार्यालय स्थापना भएका छन् । राजधानीमा सेवा कार्यालय तथा पुर्वाधारसँग जोडिएका डिभिजन कार्यालय धमाधम स्थापना भइरहेका छन् । संघिय तथा प्रदेश सरकार मातहतका सरकारी कार्यालय प्रदेश राजधानीमा संचालन भइरहेको छन् ।

भौतिक संरचना धमाधम निर्माण

हाल सञ्चालित धुलियाबिट–बांगेसिमल चारलेन सडक, चक्रपथ, भेरी लिफ्टिङ खानेपानी आयोजना, काँक्रेविहार पुनर्निर्माण, सुर्खेत सभाहल, सिटी बसर्पाकलगायत निर्माणाधीन आयोजनाले वीरेन्द्रनगरको मुहार फेर्नेछन् । राजधानीको समृद्धिसँग प्रादेशिकस्तरको विमानस्थल, औद्योगिक क्षेत्र, चौकुने सिमेन्ट उद्योग र माथिल्लो कर्णाली, बेतान जलविद्युत् आयोजना, भेरी करिडोर, कर्णाली करिडोर, भेरी–बबई बहुउद्देश्यीय आयोजना, कोहलपुर–सुर्खेत दुई लेन सडक जोडिएका छन् । यस्ता महत्वपुर्ण आयोजनाले कर्णालीको विकास निर्माण र कर्णालीवासीको जीवनस्तरमा परिवर्तन ल्याउनन सघाउ पुगाउने आशा गरिएको छ । माथिल्लो कर्णाली, चौकुने सिमेन्टको गति निकै सुस्त छ भने साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र र छिन्चुको मदानेचौरमा अन्तराष्ट्रिय मापदण्डको विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पुरा भइसकेको छ ।

विरेन्द्रनगरभित्र चारलेन सडक, चक्रपथ सडक निर्माण र काँक्रेविहार पुनर्निर्माण केन्द्रीय तहबाट सञ्चालित आयोजना हाल संचालन भइरहेका छन् । धुलयाविट–बाँगेसिमलको जुम्ला रोडमा चार लेनको सडक निर्माण सकिँदै छ । सडकलगायतका विकासका पुर्वाधार निर्माणले वीरेन्द्रनगर सुन्दर सहरको रुपमा परिचित हुने कर्णालीवासीले अपेक्षा गरेका छन् । विरेन्द्रनगरको पुरै उपत्यका घेर्ने गरी ३८ किलोमिटर सडकले चक्रपथ निर्माण हुने भएको छ ।

हाल सिटी बसपार्क निर्माणको अन्तिम चरणमा छरु। आगामी असोजबाट बसपार्क संचालनमा आउने निर्माण कम्पनीले जनाएको छ । वीरेन्द्रनगरको समृद्धिको आधार प्रदेश अस्पतालको भौतिक पूर्वाधार निर्माण भइ संचालनमा आएको छ । अवरुद्ध सुर्खेत-काठमाडौं हवाई सेवा सुचारु भएको छ । प्रदेश सरकार बनेसँगै विगतमा संघीय राजधानीसँग प्रदेश राजधानी जोडिएको हवाई सेवा पनि संचालनमै छ ।

Next Post

कर्णालीको काँचुली फेरौँ

४ भाद्र २०७६, बुधबार ११:३८
कर्णालीको मुहार फेर्न सबैले हातेमालो गर्ने बेला आएको छ । मुलुकले संघियतामा पाइला टेकेपछि कर्णालीलाई पनि बदल्ने शुभ–अवसर भेटिएको छ । हाल तिन तहको सरकारले जसरी देशको कोल्टो फेर्ने तयारी गरेको छ, त्यसरी नै कर्णालीको काँचुली फेर्नैपर्छ । कर्णालीको जल, जङ्गल, जडीबुटी र जमिनको सदुपयोग गरेमा कर्णाली आफैमा आत्मनिर्भर बन्ने […]

You May Like