बार एसोसिएसन कालिकोटको अध्यक्षमा बम

९ मंसिर २०७५, आईतवार ११:२९

कालिकोट- कानुन व्यवसायीहरूको संगठन बार एसोसिएसन कालिकोटको अध्यक्षमा दमनराज बम निर्वाचित भएका छन्। शनिबार भएको बार एसोसिएसन कालिकोटको चौथो अधिवेशनले बमलाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो।

 उपाध्यक्षमा बलप्रसाद संज्याल, सचिवमा कृष्णप्रसाद आचार्य, कोषध्यक्षमा अमलराज शाही चयन गरेको बार एसोसिएसन कालिकोटका नवनिर्वाचित अध्यक्ष बलमे बताए ।   त्यस्तै, सदस्यमा प्रबलजंग शाही, खडानन्द चौलागाई, रंगराज सिंखाडा, तुलाराज बिष्ट सदस्य चयन भएका छन् ।

सदस्यमा निर्वाचित भएका खडानन्द चौलागाई कालिकोटका शुभकालिका गाउँपालिका अध्यक्ष हुन्, सदस्यमा निर्वाचित भएका तुलाराज बिष्ट पूर्व संबिधानसभा सदस्यका सभासद हुन्। अधिवेशनले हिक्मतबहादुर बिष्ट प्रतिनिधि परिषद् सदस्यमा चयन गरेको छ।

Next Post

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री

९ मंसिर २०७५, आईतवार ११:२९
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्। उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को प्रथम बैठकलाई साेमवार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने। उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु […]