भ्रमण वर्षलाई सफल पार्न सरकारद्वारा राजदूतसँग छलफल

१८ मंसिर २०७६, बुधबार १६:०९

काठमाडौँ – पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशका राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन् ।

उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे ।  त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिए ।

सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए ।

Next Post

2076-08-18

१८ मंसिर २०७६, बुधबार १६:०९
[3d-flip-book id=”4399″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]