कालिकोट– खाँडाचक्र नगरपालिका न्यायिक समितिका सदस्य तिलबहादुर शाहीले खाँडाचक्र नगरपालिकामा पिडितले न्याय पाएको बताए । न्यायिक समितिले सम्पादन गरेका काममा अधिकांस पिडित पक्षले न्याय पाएको शाहीले बताए । ‘विगतको तुलनामा स्थानीय निर्वाचन पश्चात नगरपालिकामा विकासले पनि छलाङ हानेको छ ।’ उनले भने, ‘नगरपालिकाको ११ वटै वडामा सडक निर्माण भईरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाईलगायतका पुर्वाधारका क्षेत्रमा राम्रो प्रगति भएको छ ।’ मिसन न्युजसंग उनले भने, ‘न्यायिक समितिमा संविधानले दिएको अधिकारलाई प्रयोग गरेका छौ ।
नगरपालिकामा संविधानको धारा २१७ बमोजिम न्यायिक समितिले गर्नु पर्ने अधिकारक्षेत्र भित्रका १३ वटा विभिन्न प्रकृतिका मुद्दामा काम सम्पादन गरेका छौ ।’ हाल नगरपालिकामा लिनदिन, झैझगडा, कुटपिट, खानेपानी सम्वन्धि असमजदारी जस्ता उजुरी आउने गरेको शाहीले बताए । जेष्ठ नागरिकलाई पालन पोषण नगरेको, नावालक छोरा—छोरी, पति वा पत्नीलाई इज्जद आमद अनुसार खान लाउन र शिक्षादिक्षा नदिएको उजुरी समेत आउने गरेको उनले बताए ।
हालसम्म आएका अधिकारक्षेत्र भित्र रहेको सवै मुद्दामा सहजिकरण गरी पिडितलाई न्याय दिएको शाहीले बताए । साविकको दाहाँ र पाँखामा स्थानी विच खानेपानीको विवाद हुँदा निकै समस्या भएको थियो । उक्त विवादलाई सामाधान गर्न वडा नम्वर ६ र ७ का दुवै वडालाइ खानेपानी योजना वितरण गरिने सहमति भएको शाहीले बताए ।
विकासमा छलाङ
स्थानीय निर्वाचन भए यता विकासले नगरपालिकामा निकै छलाङ मारेको छ । विगतमा सडकको पहुँच नहुँदा स्थानीयलार्य निकै सास्ती हुने गरेको थियो । तर, जनप्रतिनिधि आए पनि गाउँमा निकै उत्साह जागेको स्थानीयले बताएका छन् । खाँडाचक्र नगरपालिका वडा नम्वर ११ बदालकोटबाट निर्वाचित तिलबहादुर शाहीले नगरपालिकामा विकासको गतिले निरन्तरता पाएको सुनाए । उनले भने, ‘चुलीमालिकालाई पर्यटकिय क्षेत्र घोषणा गर्न नेपाल पर्यटन बोर्डमा दर्ता गराउन जरुरी भएको छ ।’
खाँडाचक्रलाई लोडसेडिङ मुक्त गर्न बदालकोटमा रहेको भरे खोलामा लघु जल विद्युत उत्पादन गर्नु पर्न आवश्यक रहेको बताए । भौगोलिक दृष्टिकोणले समस्या देखिएका वडामा नगरपालिकाले बजेट र योजनाको विशेष व्यवस्था गर्नु पर्ने शाहीले बताए । तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित शाहीले खाँडाचक्र समृद्ध र विकासमैत्री हुन जरुरी भएको बताए ।