काँक्रेविहारमा दरुवाको तोडफोड

३० श्रावण २०७६, बिहीबार १४:२१

सुर्खेत – राष्ट्रिय सम्पदाको सुचिमा रहेको काँक्रेविहारमा दरुवा अज्ञात समुहले तोडफोड गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित लाटिकोइलीमा रहेको काँक्रेविहारमा अज्ञात समुहले तोडफोड गरेका हुन् । मंगलबार राति काँक्रेविहारको मुल गेटमा रहेको मन्दीरमा तोडफोड गरिएको हो । मन्दीरमाको झ्यालमा लगाइएको सिसा सवै फुटेका छन् । मन्दिर वरीपोरी रोपीएका फुलका विरुवा समेत उखेलेर केहि काटेर नष्ट गरिएका छन् । मन्दीरमा अज्ञात समुहले तोडफोड गरेको भएपनि स्थानीय प्रशासन भने मौन रहेको छ । तर, मन्दीरमा आक्रमण भएको थाहा पाएपछि स्थानीय बावुकृष्ण श्रेष्ठको मन निकै दुखेको छ । विगतका वर्षदेखिनै श्रेष्ठले मन्दीरको संरक्षणमा ध्यान दिदै आएका छन् । नगरपालिका र वडाको सहयोग नलिएरै निस्वार्थपुण रुपमा उनले मन्दीरको संरक्षण गर्दै आएका हुन् । उनले मन्दीर आसपासमा रोपेका फुल अज्ञात सहुहले जथाभावि काटेर फाले पछि निराश भएका छन् । दृश्यावोलोकनका लागि काँक्रेविहारको महत्व निकै बढिरहको समयमा अज्ञात समुहले तोडफोड गर्नु निकै नराम्रो काम भएको स्थानीयले बताएका छन् । मन्दीरमा कार्यरत कर्मचारी विक्रम विसीले आफुहरु नभएको समयमा गाजाँ खाने र दारु सेवन गर्ने समुहले तोडफोड गरेको बताए । अज्ञात समुहले मन्दीरमाथि अमानविय ढंगले आक्रमण गर्नु दुःखको कुरा भएको यहाँ आउने पर्यटक बताए छन् । काँक्रेविहारलाई व्यवस्थित रुपमा संरक्षण गरिएको छैन । पुरातत्व विभागले काँक्रेविहार पुनर्निर्माणका लागि ३ वर्षभित्र काम सक्नेगरी २०७२ सालमा काठमाडौंको सिद्धबाबा कन्स्टूक्शन प्रालिलाई पौने १० करोडमा ठेक्का दिएको थियो । पुनर्निर्माणमा थपिएको सम्झौता समयावधि सकिनै लाग्दा समेत ठेकेदार कम्पनीले काम सकेको छैन । काँक्रेविहारमा दैनिक सरदर २ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । तर पिउने पानी, शौचालय जस्ता पूर्वाधार नहुँदा उनीहरू मर्कामा परेका छन् । राजधानी वीरेन्द्रनगरदेखि करीब साढे ३ किलोमिटर दक्षिणतर्फ रहेको काँक्रेविहार १८९० सालको भूकम्पले भत्किएपछि भग्नावशेषको रूपमा रहेको छ । काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारीगरको नमुना देख्न पाइन्छ । विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुँदीएका छन् । काँक्रेविहारमा बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको अनुमान गरिएको छ । विक्रम सम्वत् १३२५ मा सिँजा साम्राज्यका राजा अशोक चल्लले काँक्रेविहार र्निर्माण गरेका हुन् । काँक्रेविहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरीएको पाइन्छ । विरेन्द्रनगरको लाटिकोइलीको अग्लो डाँडामा अवस्थित काँक्रेविहारले धेरै मानिसलाई खोज र अनुसन्धानको विषय बनाएको छ । सुर्खेत उपत्यका भित्रैकै सवैभन्दा उचाइमा काँक्रेविहारको मन्दीर र अन्य भग्नावशेष छन् । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ । सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले मोहोनी लगाएको छ । काँक्रेविहार आन्तरिक तथा बाह्य पर्यटकको लागि सुन्दरताले भरिएको स्थलको रुपमा लिने गरिएको छ । सुनेको काँक्रेविहार भन्दापनि देखेको काँक्रेविहारले पर्यटकलाई निकै खुसी बनाएको छ । काँक्रेविहारमा सहभागीलाई वनभोजको लागि पनि उपयुक्त ठाउँ छ । दृश्य अवलोकन गर्न यो प्रशिद्ध ठाउँमा पर्यटकको भिड लागिरहेको हुन्छ ।

Next Post

रवि लामिछानेसहित ३ जना पक्राउ

३० श्रावण २०७६, बिहीबार १४:२१
काठमाडौं – प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको […]