कालिकाेट-सरकारबाट बाहिरिएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कालिकोटले आफ्नो सम्पर्क कार्यालय उद्वघाटन गरेकाे छ । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रम बिच कार्यालयको उद्वघाटन गरिएको हो । सरकारले लगाएको झुट्टा आरोपमा मात्र साबित भएपछि देशभर जेलमा हालिएका साथिहरुलाई रिहाइ हुनुले आफ्नो पार्टीले उठाएका एजेन्डा जनमुखी, सत्य भएको छ । एकीकृत जनक्रान्तिको बाटोबाट नयाँ जनक्रान्ति सम्पन्न गर्ने आफ्नो पार्टीको उद्वेश्य भएकोले अब जनमत संग्रह गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीले बताए ।
आफ्नो राजनीतिक एजेन्डा टेबुलमा छलफल नभएकाले ओपचारिक नहुने बताए । बर्तमान अवस्थामा दलाल पुजीवादी ब्यबस्था भएकोले अरुले दिएको बिकल्प संसदीय ब्यबस्था होला, तर आफ्नो पार्टीको देशको राजनीतिक समस्या समाधानका लागि बिकल्प अगाडि सारिएको भन्डारीले बताए । अव प्रगतिशिल शक्तिहरुको सरकार गठन गर्ने देखि बिकल्प बैज्ञानिक समाजबादि ब्यबस्था हुनुपर्ने बताए । न्याँय नपाएकाहरुलाई न्याँय दिलाउन, सरकार सँग भएका ३ बुदे सहमति स्थापित गर्ने, पार्टीका एजेन्डा स्थापित गराउने, राष्ट्रियता र जनजिबिकाका सवालहरु लियर आन्दोलन गर्ने, जनता सँग नजिक हुने, ३ बुदे कार्यन्वयन भएन भने यसै कार्यालयबाट बिद्रोह गर्ने पार्टी सेक्रेटरी मनिलाल ऐडि (रणदिप)ले बताए । यो कार्यक्रममा सम्पुर्ण मिडियामा कामगर्ने संचार कर्मिहरु सहभागि रहेका थिए ।