दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

२ असार २०७४, शुक्रबार १६:०२

कालिकोट- रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए। उनिसँगै भतिजी कविता शाही जितेगडाबाट बस चढेर कैलालीको यात्रामा लागेका थिए। यूवराज चढेको बस दैलेखको भेल्तडी भिरमा खस्यो। युवराज र कविताको घटनास्थलमै मत्यु भयो। अर्का रास्कोट नगरपालिका—५ का धर्मराज शाहीको पनि घटनास्थलमै मृत्यु भयो। उनी आफन्त प्रकाश शाहीसंगै दैलेख साइखोला जाँदै थिए।

अछाम ससुराली जान लागेका उनका आफन्त २५ बर्षिय प्रकाश शाहीको पनि मत्यु भयो । साविकको स्युना गाविसबाट ५ जनाको मृत्यु भएपछि यतिबेला गाउँनै शोकले डुवेको छ। ‘चालकको लाप्रबाहीले दाइको ज्यान गयो’ यूवराजका भाई जीवनकुमार शाहीले भने, ‘ बसलाई चट्टानमा ठोकेर पछाडी सररे खसे छ । म मान्म थिए । दाई घर आएर कर्णाली चिसापानी होटलमा जान लाग्नु भएको रहेछ।

दाईको अकालमा ज्यान गयो।’ बुधबार दिउँसो भएको बस दुर्घटनामा सान्नी र रास्कोटका ७ जनाको मृत्यु भएको थियो। जिल्ला अस्पताल कालिकोटमा राखिएका शव बिहीबार नेपाल आर्मीको ट्रकमा हालेर शान्निगाड पुगाइएको थियो। शान्निगाडमा ७ वटै लाशको संयुक्त दासस्कार गरिएको छ। सान्नीगाडमा शव पुर्‍याउँदा गाउँभरिका आफन्त आएर रुवावासी गरेका थिए।

मृत्यु भएका यूवराज शाहीको कर्णाली चिसापानी कैलालीमा होटल व्यवसाय छ। उनले बसपार्कबाट महेन्द्रनगरको बसमा चिसापानी आउँदैछु है भनेर फोन गरेका आफन्त कृष्ण शाहीले बताए। कर्णाली राजमार्ग हुँदै कैलाली चिसापानी जान लागेका युवराजको आफ्नो होटलमा जाने धोको अधुरै रह्यो।

कालिकोटको खाडाचक्र नगरपालिका–२ मा पर्ने जिते बजारबाट विहान साढे १२ बजे महेन्द्रनगरका लागि बस छुटेको थियो। पवनदूत यातायातको काँक्रेविहार समितिद्धारा सञ्चालित ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबीस नगरपालिका–९ खिडीज्यूला नजिकैको भेल्तडीमा खेसेको थियो।

बसमा कालिकोटका ८ सहित ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो। १८ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई नेपालगन्ज लगिएको छ भने अन्यलाई गाडीमा नेपालगन्ज लगिएको डीएसपी योगन्द्रकुमार खड्काले बताए । घाइते अधिकांश कालिकोटकै रहेका छन् । मृत्यु हुनेमा अछामका ३१ वर्षीय सिंह नेपाली, उनकी १० वर्षीया छोरी रूपा, अछाम भैरवस्थानका धीरेन्द्र जिसी, बाजुरा घर भई महेन्द्रनगर बस्ने मंगल उखेडा छन्।

त्यस्तै मृत्यु हुनेमा कालिकोट रास्कोटका ४० वर्षीय युवराज शाही, ३२ वर्षीय धर्मराज शाही, २५ वर्षीय प्रकाश शाही, २१ वर्षीया कविता शाही, ३५ वर्षीया मेनका फर्साल छन् भने सान्नी त्रिवेणीमा पर्ने मेहलमुडीका २९ वर्षीय प्रकाश शाही र ३५ वर्षीया होइजा सुनार छन् । ३२ जना सवार बसमा नैनेलथान मन्दिर नजिकैको भिरमा ब्रेक नलागेपछि भित्तामा ठोकेर सहचालक प्रेमसिंह साउद र चालक प्रेम सुनारले हामफालेर गाडी छाडिदिएको प्रत्यक्षदर्शीले बताए ।

चालक र सहचालक बस खसेपछि सुरक्षाका लागि कुदेर राकम कर्णाली प्रहरी चौकीमा पुगेका थिए। कर्णाली राजमार्गमा नयाँ चालक, पुरानो बस गुडाएर आएका थिए। ब्रेक नलागेपछि नालीको खोल्टामामा फसेको थियो । चालकले बस छाडेपछि सडकबाट भीरमा पल्टीदै ३ सय मिटर तल कर्णाली नदीको तिरमा पुगेको थियो । बस पुरानो भएकाले ब्रेक फेल भएको बदालकोट सिकुमका घाइते अशोक बोगटीले सुनाए। घाईते बोगटीको नाकमा सामान्य चोट लागेको छ।

Next Post

बृद्धभत्ता वितरण गरेर पदभार ग्रहण

२ असार २०७४, शुक्रबार १६:०२
दैलेख । आठविस नगरपालिका — ६ का वडा अध्यक्ष धीरबहादुर शाहीले शुक्रवार पदभार ग्रहण गरेका छन् । शाहीले बयबृद्ध ८२ बर्षिय रामबहादुर शाहीलाई बृद्धभत्ता वितरण गरेर पदभार ग्रहण गरेका हुन् । साविकको सिहाँसैन गाविसको सिहाँसैनमा वडा कार्यालयमा सेवाग्राहीलाई सेवा दिएर पभार ग्रहण शाहीले गरेका धनमाया शाहीले जानकारी जदिइन् । साविकको […]