कालिकोटमा समुदाय–प्रहरी साझेदारी अभियान प्रभावकारी

५ माघ २०७५, शनिबार ०९:५१

कालिकोट – जिल्ला प्रहरी कार्यालय कालिकोटले कारागारका कैदीलाई पुस्तक हस्तान्त्रण गरेको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरीले पुस्तक हस्तान्त्रण गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको समुदाय–प्रहरी साझेदारी अभियान लाई थप प्रभाकारी बनाउन कारागारलाई विभिन्न ज्ञानमुलक पुस्तक हस्तान्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक बिनोद शर्माको नेतृत्वमा एक उप–समिति गठन गरि समुदाय–प्रहरी साझेदारी अभियान सुरुवात गरिएको थियो ।

कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने उद्देश्यले निकट भविष्यमा कारागारमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेर ‘कारागारलाई किताव’ अभियान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बिनोद शर्माले बताए । उनले कर्णाली प्रदेशका १० वटै जिल्ला समेट्ने गरी प्रदेशमा यो अभियान संचालन गर्ने जानकारी दिए । उनका अनुसार जिल्लामा गठन भएको उप–समितिले आफ्नो कार्यविधि नै बनाएर काम अगाडि बढाएको छ ।

पुस्तक संकलनका लागि विभिन्न स्थानिय तह, संघ–संस्था, सहयोगी दाताहरुबाट सहयोग संकलन गरी कारागारलाई पुस्तक हस्तान्तरण गरिनेछ । प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला स्थित क्रियाशील राजनीतिक दल, नागरिक समाजका अगुवा, पत्रकार सहितका सरोकारवालाहरुको सहभागीतामा ‘कारागारलाई किताव’ अभियान थालिएको हो । ‘कारागारलाई किताव’ अभियान अन्र्तगत ३ सय थान कितावहरु संकलन भईसकेको डिएसपी शर्माले जानकारी दिए ।

एक औपचारीक कार्यक्रमको आयोजना गरी ‘कारागारलाई किताव’ अभियान अन्तरगत १ सय ९५ थान कितावहरु हस्तान्त्रण गएिको छ । पत्रकार पुष्पराज भट्टराईद्धारा १७५ थान उपन्यास, सायित्य, गजल संग्रह, संबिधान लगायतका किताव हस्तान्तरण गरेका छन् । न्यौपाने जनरल स्टोरकी अमृता न्यौपानेद्धारा नयाँ मुलुकी ऐन सहितका बिभिन्न १५ थान किताव कैदीलाई उपलव्ध गराएकी छन् । त्यस्तै नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाहीद्धारा बिपी कोईरालाद्धारा लिखित उपन्यास लगायतका ५ वटा कितावहरु हस्तान्त्रण गरिएका छन् । पुस्तक अध्ययन गरौँ, सकारात्मक सोचको विकास गरौँ भन्ने सोचका साथ ‘कारागारलाई किताव’ अभियानमा सहयोग गरेको कांग्रेस नेता दमनबहादुर शाहीले बताए ।

Next Post

प्रधानमन्त्रीसँग स्विजरल्यान्ड जाने यस्तो छ १७ सदस्यीय टोली

५ माघ २०७५, शनिबार ०९:५१
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । यहि माघ ८ देखि […]

You May Like