बौला कुकुरको टोकाईबाट एउटै विद्यलयका १६ बालवालिका घाईते

१४ माघ २०७४, आईतवार १८:१०

कालिकोट– बौला कुकुरको टोकाईबाट एकै विद्यालयका १६ बालवालिका घाइते भएका छन् । शुक्रबार पलाँता गाउँपालिकाको देउली माध्यामिक विद्यालय उखाडीमा बालवाललिकालाई बौलाहा कुकुरले टोकेको हो । विहान १० बजेको समयमा लाईन लागिरहेका वेला एकासी विद्यालयको फील्डमा कुकुर प्रवेस गरेर बालवालीकालई टोकेको स्थानीय बलिराज शाहीले बताए । १६ मध्ये बालवालिका १ देखि कक्षा ५ सम्म पढ्ने १५ जना र १ जना ८ मा पढ्ने बालिकालाई बौला कुकुरले टोकेर घाईते बनाएको उनले बताए ।

शुक्रवार बौला कुकुरले टोकेको भए पनि उक्त क्षेत्रमा संचार पहुँच नभएकाले ढिलो खवर आएको जिल्ला अस्पतालले जनाएको छ । आईतवार बल्ल ५ बालवालिका सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पुगाएर एआरभि भ्याक्शिन दिईएको जिल्ला अस्पतालका प्रमुख डा. कौशल अलीले बताए । उनले भने, ‘आफुलाई १२ जनालाई बौलाह कुकुरले टोकेको खबर आएपछि १२ जनालाई मात्र उपचार गर्न निर्देशन दिएको बताए । अहिलेसम्म ५ जना बाहेक अरु ७ जना सम्पर्कमा आएका छैनन् ।’

स्थानीय बलिराज शाहीका अनुसार ५ जना बालवालिका जिल्ला अस्पताल गए पनि केहि जुम्लाको हिमा गाउँपालिका नराकोट स्वास्थ्य चौकीमा उपचार गर्न लगिएका छन् । हिउँदे सिजनमा अधिकांस घरमा पुरुष रोजगारको सिलशिलामा भारत जाने भएकाले महिलाले उपचार गर्न जुम्ला र कालिकोट सदरमुकाममा गएका छन् ।

कतिपयले अहिलेसम्म उपचार गराएका छैनन् । गाउँमा ३ वटा कुकुलाई बौलाहा कुकुरले टोकेकोले ३ वटै कुकुरलाई स्थानीयले मारेका छन् । जिल्ला प्रहरी कार्यालयमा भने अहिलेसम्म खबर नआएको बताएको छ । बाँकी रहेका घाईते बालवालिकालाई संचार माध्याम मार्फत छिटो जिल्ला अस्पताल पुगाउँन डाक्टर कौशल अलिले बताएका छन् । पलाँतामा टेलिफोन र मोवाइल सेवा नभएकाले संचार माध्यालाई डाक्टर अलीले आग्रह गरेका हुन् ।

Next Post

एमाले माओवादी भागवण्डा मिल्यो, माओवादीलाई दुई मुख्यमन्त्री

१४ माघ २०७४, आईतवार १८:१०
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशको भागवण्डामा सहमति गरेको छ। कार्यदलले २ नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशको पदका लागि सहमति गरेका हुन्। कार्यदलको आज बसेको बैठकमा ४ मुख्यमन्त्री एमालेले लिने र २ वटा माओवादीले लिनेगरी सहमति भएको हो। जस अनुसार ६ र ७ प्रदेशमा माओवादीले […]