कालिकोट- कालिकोट र बाजुराको सिमानामा पर्ने भुकाखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । शुक्रबार भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते १० जना लाई उपचारका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगंज लगीएको छ । घाइतेहरुको नेपालगंज मेडिकल कलेलमा उपचार भइरहेको प्रहरिले जनाएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाखोलामा जिप दुर्घटना हुँदा गम्भीर घाइतेहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुगेको थियो । कोल्टीको पिलीचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको थियो ।
बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार, दुर्घटनामा ११ जना घाइते भएका छन् । जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेका छन् । जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । जीप दुर्घटनामा कैलाली टीकापुर ४ का चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका ६ का २४ वर्षीय यात्रु रामबहादुर शाही रहेको जीप सञ्चालक हस्तबहादुर बमले बताए । जिप दुर्घटनापछि उद्धारका लागि पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलगायतकाे सहभागिता रहेकाे थियाे ।