मुख्यमन्त्रीले पकेट खर्च गरेर उद्दार गरे जस्तो प्रचार गरेः संसदीय दलका नेता शाही

११ जेष्ठ २०७७, आईतवार १७:१२

सुर्खेत– नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले उद्दारका नाममा राज्यको सम्पति सकेर आफुले आफ्नै नीजि सम्पती खर्च गरेर उद्दार गरे जस्तो प्रचार कर्णाली मुख्यमन्त्री र मन्त्रीले गरेको बताएका छन् । कर्णाली प्रदेशसभाको अधिवेशनमा बोल्दै नेता शाहीले सम्पती राज्यको सकेर श्रीमती र आफ्नो खाता पैसा दिएर उद्दार गरेको जस्तो गरेको बताउँदै शाहीले प्रश्न गरे ।

‘तपाई आफ्नो श्रीमति खाता पैसा, तपाई खाताको पैसा दिएर उद्दार गर्नुभएको भएको हो ?’ उनले भने,‘त्यो तपाई मन्त्री स्वागत गर्न सकिन्छ । तर, राज्यको सम्पती सकेर आफुले गरेको सान लिने ?’

प्रदेश सरकारले कोरोना नियन्त्रणभन्दा हेलिकप्टर मोहमा लागेको नेता शाहीले आरोप लगाए । ‘सरकारले बाढी आयो जस्तो, भूकम्प आयो जस्तो गर्न थाल्यो ।’ उनले भने,‘हेलिकप्टर लिएर ठाउँ ठाउँमा भाषण ग¥र्यो । हुम्लामा अविर जात्रा भयो ।’ उनले भने,‘जुम्लामा भित्र भाषण गरियो बाहिर आएर किन सेल्फी हानियो । यसरी कोरोना नियन्त्रण हुन्छ ? सरकार’

अहिले सरकारले राम्रोका काम गर्न नसक्दा गलत दृष्टिकोण निर्माण गर्ने काम हुदैँ गएको शाहीको भनाई छ । कर्णाली प्रदेश सरकारले कसैको कुरा नसुनेको आफुले सबै जानेको जस्तो विज्ञता हासिल गरेको नेता शाहीले बताए । ‘हाम्रो सरकार यस्तो विज्ञता हासिल गरेको छ । यसले कसैको कुरा सुन्दैन् ।’ उनले भने, ‘दैनिक मिटिङ्ग भइरहेको छ । स्थानीय तहमा दिएको कोरोना नियन्त्रण रोकथामको रकम कता गयो त्यसको खोजी गर्न जरुरी छ ।’

Next Post

राहत र उद्दारका नाममा बिचौलियाकाे व्यापार बढ्याे : नेता कंडेल

११ जेष्ठ २०७७, आईतवार १७:१२
सुखेत– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सहसंयोजक यामलाल कंडेलले बन्दाबन्दीका बेला निश्चित मानिसहरूले कमाउने भाडो बनाएको बताएका छन । कर्णाली प्रदेशसभाको आइतबारदेखी शुरू भएको अधिबेशनलाई संबाेधन गर्दै  प्रदेशसभा सदस्य कंडेलले सरकारसँग जोडिएका नजिकका मानिसहरूले अहिले उपकार नाममा कमाउने धन्दा गरेको आरोप लगाएका हुन । एउटा किसान खेतबारीमा जान नपाएर घण्टौ चोकमा बस्नुपर्ने […]