गाउँपालिका अध्यक्ष शाहीद्धारा क्वारेनटाइन स्थलको निरीक्षण

१५ चैत्र २०७६, शनिबार १६:११

कालिकोट– सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही (डिवि) ले क्वारेन्टाइन स्थलको निरीक्षण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न बनाइएका क्यारेन्टाइन स्थलको अध्यक्ष शाहीले निरीक्षण गरेका हुन् । गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाँटाको विद्याज्योति माविमा राखेको छ । त्यस्तै १४ जनालाई डाँडाखेत स्थित कालिका माविमा र ७ जनालाई मुम्राको डाँफे माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा स्थल र भारतबाट आएका स्थानीयको अवस्था बारे जानकारी लिन प्रत्यक्ष स्थलगत रुपमै भेटघाट गर्न आएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । भारतबाट फर्किएका सबैलाई १४ दिनसम्म परिवारबाट छुट्टै बस्नको लागि गाउँपालिकाले सबै व्यवस्था मिलाएको अध्यक्ष शाहीले जानकारी  दिए ।

कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालीकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ ।
                                                            ६ सय १९ बेडको क्वारेन्टाइन निर्माण

भारतबाट मजदुरी गरेर कालीकोट फर्किनेको संख्या दुई सय ३७ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । पलाँता गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकमार्फत भारतबाट फर्किएका सबैलाई घरसम्मै खोजेर क्वारेनटाइनमा ल्याई राख्ने गरेको छ ।

पलाँता गाउँपालिकाले एक सय ८० बेड को लागि तयार पारेको जनाएको छ । कोरोना रोकथामका लागि ६० लाख बजेट खर्च गर्ने निर्णय पनि गरेको छ । यसैगरी, खाडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले १ सय, सान्नीत्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा गरी जिल्लाभर ६ सय १९ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।

Next Post

विश्व कोरोना कहर र आम मनोविज्ञान

१५ चैत्र २०७६, शनिबार १६:११
नगिन्द्र शाही ‘नेशनल’- चीनको उहान प्रान्तलाई मुहान वनाउदै विश्वभरी फैलिएको नोवेल कोरोना (कोभिड–१९) नामक सरुवा रोगको भय अहिले संसारभरीका समस्त नागरीकहरुको टाउको दुखाइको विषय वनेको छ । कोरनाका कारण तिन महिनामा करीव उन्नाइस हजार मान्छेहरुले ज्यान गुमाई सकेका छन् र लाखौं मान्छेहरु यो रोगवाट संक्रमितभई उपचारको क्रममा मृत्यु र जीवनको दोसादमा […]