विप्लव समूहद्वारा नेकपा सांसदको अपहरण

२४ फाल्गुन २०७५, शुक्रबार १६:१५

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहले अपहरण गरेको छ । बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन् ।

तर, नेकपाकी सांसद मल्लको अपहरण भएको पुष्टि नभएको बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । ‘अपहरणमा परेको सुचना आएपछि हामीले खोजी कार्य सुरु गरेका छौँ,’ डिएसपी धितालले भने, ‘प्रहरी परिचालन भइसकेको छ ।’देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।

Next Post

विप्लव समूहको अपहरणमा परेकी सांसद देवकी मल्ल अपहरणमुक्त

२४ फाल्गुन २०७५, शुक्रबार १६:१५
बझाङ – नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो। सोही क्रममा उनी त्यसतर्फ जाँदै गर्दा केदारच्यु गाउँपालिका ५ बगडीबाट शुक्रबार बिहान ९ बजे अपहरणमा परेकी थिइन्। […]