कर्णाली करिडोरमा विचौलियाको हालिमुहाली

१० असार २०७४, शनिबार १०:५७

कालिकोट- रुपैडिया हिल्सा सडक अन्तर्गत कर्णाली करिडोरमा सञ्चालनमा आएका ट्रकमा चर्काे भाडा दर अशुली भएको छ । गत बैशाख १ गतेदेखि कर्णाली नदिमा पर्ने जितेगडा फेरीबाट २ वटा ट्रक कर्णाली पारी लगीएका छन् । नेपाली सेना र स्थानीयको सामान ढुवानीका लागि ट्रक कर्णाली पारी लगिएका हुन् । तर ट्रक साहु र चालकलाई जाकारी नै नहुँने गरी विचौलयाले सामान ढुवानीमा चर्काे भाडादर असुल्ने गरेको पाइएको छ ।

नेपाली सेनाको सडक निर्माण कार्यदलले कर्णाली करिडोरमा कामको जिम्मा लिएको सडकमा सामान ढुवानी गर्ने नाममा विचौलियाको हालिमुहाली भएको स्थानीयको गुनासो छ । सुर्खेत नौलापुर घर भएका टोपनारायण चालीसेले ट्रकमा कर्णाली करिडोरको जितेगडा—फुगाडसम्मको सामान ढुवानीमा अनियमितता गरेको खुलेको छ । उनले ट्रक साहु र चालकलाई थाहा नुहँने गरी सामान ढुवानीमा चर्काे भाडा असुली गरेका हुन् ।

जितेगडादेखि रेगील, आमतडा हुँदै सान्तिघाटसम्म १ केजी बरावर ४ रुपैयाँ ५० पैसा लिने गरेका छन् । त्यस्तै शान्तिघाटदेखि फुगाडसम्म १ केजी समान बरावर ७ रुपैयाँ ५० पैसाँ भाडा लिने गरिएको छ । ८ टन बोक्ने क्षमता भएको १ ट्रकमा दिनको १ ट्रिप बरावरको हिसावका दरले जितेगडादेखि सान्तिघाटको ३८ हजार २५० रुपैयाँ हुन्छ । यसमा गाडि साहुँले पाउँने ८ हजार ५ सय मात्र हो । तर विचौलीयाले सोझै खाने रकम २९ हजार ७५० हिसावमा आउँछ ।

त्यस्तै जितेगडादेखि फुगाडसम्म एक ट्रक बरावरको ढुवानी भाडा दर ६३ हजार ७५० हुन आउँछ । यसमा ट्रक साहुँले पाउँने रकम १० हजार ६२५ मात्र हो भने टोपनारायण चालिसेले पाउने रकम ५३ हजार १२५ हुन्छ । दुई वटा ट्रकको हिसाव गर्दा दिनको १ ट्रिप गर्दा जितेगडादेखि फुगाडसम्म १ लाख ६ हजार २५० रकम हुन्छ । गत बैशाख १ गतेदेखि सञ्चालमा आएको ना.६ ख.१७३१ नम्बरको ट्रक हो भने जेठ १ गतेदेखि ना.५ ख १८८४ नम्बरको ट्रकद्धारा दैनिक सामान ढुवानी हुँदै आएको छ । जितेगडादेखि फुगाडसम्म २१ किमी सडकको लम्बाई रहेको छ ।

हालासम्मको मिति हेर्दा दुईवटै ट्रकको १०७ दिन सञ्चालमा गाडि साहुँले बताएका छन् । आजभोली ट्रकको ढुवानी भाडा उठाउनेमा टोपनारायण चालीसेले आफ्ना एक जना प्रतिनिधि राखेका छन् । उनले बाजुर गोत्री — ३ घर भएका बसन्त शाहीलाई भाडा उठाउँने जिम्मा दिएका हुन् । ट्रक साहुँ जंगबहादुर शाही र दिपक बिष्टले ढुवानी भाडाले आफुलाई गाडिको तेल खर्चसम्म पनि नपुग्ने गरेको गनासो गरेका छन् । जंग शाहीले भने, ‘कर्णाली पारी गाडि लगेर स्थानीयबासीले सेवा पाए पनि महंगो ढुवानी भाडामा परेका छन् भने आफुलाई पनि घाटा बेहोर्नु परेको छ ।’

स्थानीय जितेगडाका ब्यापारी मथुरा न्यौपानेका अनुसार विचौलियाले गर्दा गाडी साहुँ सामान ढुवानी गर्ने मानिसलाई ठुलो मारमा परेका छौ । उनले भने, ‘भाडादर महंगो भएपछि गाउँमा स्थानीय उपभोक्ताले महंगो मुल्य हालेर दैनिक उपभोग्य सामान किन्न बाध्य भएका छन् ।’ विचौलीयाको चलखेल भएको नेपाली सेनालाई जानकारी भएको छैन् ।

टोपनारायणले विचौलियाको काम गरी मटो रकम असुलेको स्थानीयले बताएका छन् । उनले गाडि साहुँ र स्थानीय सामान ढुवानी गर्नेबाट मंहगो भाडा असुलेको हल्ला सुनेपछि नेपाली सेनाले निगरानी गरेको छ । कर्णाली पारी गाडि खराबहँदा मर्मत गर्ने ग्यारेज नभएकाले समस्या उत्पन्न भएको गाडि व्यवासायीले बताएका छन् ।
तर स्थानीय प्रशासनलाई पनि कुनै थाहा छैन् । जिल्ला प्रशासनका अनुसार ट्रकको ढुवानी भाडादर निर्धारण भएको छैन । जिल्ला प्रशासनले भाडा निर्धारण नगरेकै काराण ढुवानी भाडादरमा मनपरी भएको छ ।

Next Post

समृद्ध सान्नी त्रिवेणी बनाउने अभियानमा लाग्छौ : शाही

१० असार २०७४, शनिबार १०:५७
कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख डम्वर बहादुर शाही (दिलिप) ले सान्नी त्रिवेणीलाई समृद्ध बनाउने अभियानमा लाग्ने बताए । कालिकोटका स्थानीय तथा केन्द्रिय संचार माध्याममा कार्यरत पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा शाहीले सो कुरा बताएका हुन् । जल, जंगल र जडिवुटी र पर्यटनको धेरै राम्रो सम्भावना बोकेको सान्नी त्रिवेणी समृद्ध […]