सिमा अतिक्रमणविरुद्ध कालिकोटमा पनि विरोध प्रदर्शन

२२ कार्तिक २०७६, शुक्रबार १५:०९

दिलिपकुमार शाही
कालिकोट, जिल्ला सदरमुखाम मान्म बजारमा पनि सिमा अभिक्रमणको विरोधमा प्रदर्शन गरिएको छ । नेकपाका भातृय संगठन अनेरास्युवियु र रास्ट्रिय युवा संघले भारितियले गरेको सिमा अतिक्रमणकाविरुद्धमा प्रदर्शन गरिएको हो ।

हालै भारतले गरेको राजनीती नक्सामा नेपालको कालापानी र लिपुलेख समेटियको भन्दै कालिकोटका आन्दोलन गरिएको छ । कालापानी लिपुलेक फिर्ता गर, सुगौंलि सन्धि खारेज गरजस्ता नारा लगाउँदै खाँडाचक्रमा प्रदर्शन गरिएको छ । नेपाली माटो प्राण भन्दा प्यारो छ, रास्ट्रिय अखण्डताको रक्षा गरौंलगायतका नारा अनेरास्युवियू र राष्ट्रिय यूवा संघले घन्काएको छ ।

Next Post

सुर्खेतमा घन्कियो ‘गो व्याक इन्डिया’ को नारा

२२ कार्तिक २०७६, शुक्रबार १५:०९
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि भारतले गरेको सिमा अतिक्रमणका विरुद्धमा नाराबाजी गरिएको छ । भारतले एकपछि अर्को ठाउँमा सीमा मिच्दै आएको भन्दै सुर्खेतका नागरिकहरु आन्दोलनमा उत्रिएका हुन् । भारतले राजनीति नक्शामा नेपालको भुमि सार्वजनिक गर्दा पनि सरकारले ठोस कदम नचालेको भन्दै सुर्खेतमा यूवाहरुले आन्दोलन गरेका छन् । सिमा […]