नेपाली सेनाको कार्गो जहाज काठमाडौं ओर्लियो

१६ कार्तिक २०७६, शनिबार १२:५४

काठमाडौं- नेपाली सेनाले कार्गो जहाज ल्याएको छ। सन् २०१७ मा खरिद सम्झौता गरेको फिक्सड बिइङ एअर क्राफ्ट जहाज शनिबार विहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।

तीन करोड ४७ लाख डलर मूल्यको जहाज सेनाले इन्डोनेशियाबाट ल्याएको हो। कल साइन सियन २३५-२२० जहाजलाई प्याराजम्प र विपत व्यवस्थापनका कार्य गर्दा प्रयोगमा ल्याउने सेनाको तयारी रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

‘यो जहाज मुख्यगरी ट्रान्सपोट, विपद र प्याराजम्पका बेला प्रयोगमा आउँछ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘५१ जना बोक्न सक्ने यो जहाज भिआइपीका लागि पनि प्रयोग गर्न मिल्ने छ।’

Next Post

कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना, ३ जना घाइते

१६ कार्तिक २०७६, शनिबार १२:५४
कालिकोट-कर्णाली राजमार्गको कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ को दैखोलामा भे १ ख २४०६ नम्बरको फोर्स गाडी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको देउती यातायातको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गाडीमा ३२ […]