सेवा प्रवाहमा समस्या : विप्लवका कार्यकर्ताद्वारा गाउँपालिकामा आगजनी

११ असार २०७६, बुधबार १९:३१

कालिकोट – कालिकाेट जिल्लाकाे  नरहरिनाथ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले  आगजनी गरेका छन् । चन्द समुहका कार्यकर्ताले मंगलबार राति १ बजेतिरको समयमा गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् ।

आगजनीबाट असारे चटारोका भुक्त्तानि हुनै लागेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । आगजनीबाट साढे तिन करोडसम्मको क्षति भएको गाउँपालिका उपाध्यक्ष मनशोभा वुढाले बताइन् । ‘महत्त्वपूर्ण कागजातसहित भौतिक सामान सबै नष्ट भएका छन्, उपाध्यक्ष वुढाले भनिन, ‘आर्थिक वर्ष सकिने बेला कार्यालय जलाएपछि काम गर्न अप्ठेरो भयो ।’ एक त कर्मचारी नभएर कामकाज हुन सेकको छैन । उसैमा कार्यालयमा आगजानी गर्दा भुक्त्तानि गर्न निकै समस्या भएको बताईन् ।

उनले मंगलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी दिइन् ।

कुमालगास्थित गाउँपालिका भवनभित्र रहेका महत्त्वपूर्ण कागजातसहित दराज, टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन जलेर नष्ट भएका छन्। गाउँपालिकाको २२ लाख मूल्यको सोलार पनि जलेर नष्ट भएको छ ।

‘बन्दको अवेज्ञा गरेका भनौ भने, पचालझरना, तिलागुफाले पनि गाउँसभा संचालन गरे, उनीहरुको कार्यालयमा केहि क्षति गरेनन् । हामै्र गाउँपालिकामा आगजनी गरे । सारै दुख लागेको छ । आखिर सरकारको सम्पति भन्नु नै हामी नरहरिनाथ वासीकै सम्पति हो । असारे चटारोको बेला कार्यालयमा आगजनी गर्दा महत्वपुण कागजात पुर्ण रुपमा नष्ट भएका छन् । सेवा प्रवाहामा सारै समस्या हुने भयो ।’

राति १ बजेको समयमा चन्द कार्यकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए । डीएसपी शर्माले आगजनी गर्नेको खोजी भइरहेको बताए । उनले भने, ‘अव त अतिनै गरे विप्लव समुहले घटना घटाउनेलाई छोड्ने छैनौँ ।’ राजधानीबाट

Next Post

2076-03-11

११ असार २०७६, बुधबार १९:३१