कर्णालीमा कोरोना परीक्षण गरिएका ५८ वटै रिपोर्ट नेगेटिभ

२४ चैत्र २०७६, सोमबार १२:३४

सुर्खेत– कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को आंशकामा थ्रोड स्वाब परीक्षण गरिएका सबैमा नेगेटिभ देखिएको छ । स्वास्थ्य प्रयोगशाला टेकु काठकाडौं र कर्णाली प्रदेश प्रयोगशालामा परीक्षण गरिएका ५८ जनामा नेगेटिभ देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार स्वास्थ्य प्रयोगशाला टेकु काठकाडौंमा ३१ जना र कर्णाली प्रदेश प्रयोगशालामा २७ जनाको कोरोनाको आंशकामा थ्रोड स्वाब परीक्षण गरिएको थियो ।

कर्णालीमा प्रदेशमा कोरोना आंशकामा सुर्खेतका ३४, दैलेखका ६ जना, सल्यानका ३ जना, जुम्लाका ३ जना, कालिकोट १ जना र हुम्लाका २ जना डोल्पाका ५ जना र पश्चिमरुकुमका ४ जनाको थ्रोड स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, मुगु र जाजरकोटका जिल्लाका एक जनाको पनि थ्रोड स्वाब परीक्षण गरिएको छैन् ।

Next Post

बर्दियाका १९ जना मजदुरको खाँडाचक्रका मेयरद्धारा उद्धार

२४ चैत्र २०७६, सोमबार १२:३४
कालिकाेट– कर्णाली राजमार्गमा काम गर्ने मजदुर अलपत्र परेको खबर खाँडाचक्र नगरपालिका मेयर जसिप्रसाद पाण्डेले सुने । लकडाउनका वेला घरमै वसेका मेयरले मजदुर अलपत्र परेको खबर सहनै सकेनन् । एकाएक प्रहरी र स्थानीय संचारकर्मीलाई खबर गरेर घरबाट निक्लिए । मुखमा मास्क लगाएर मजदुरलाई खोजी कर्णाली राजमार्गका विभिन्न स्थानमा गए । तर, […]